नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा
निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सभापति शेरबहादुर
देउवाले राख्ने भएका छन्।
अहिले केहीबेरमा बस्ने व्यवस्थापिका संसद बैठमा देउवाले मुलुकको ३९औं प्रधानमन्त्रीको रूपमा प्रचण्डलाई प्रस्ताव राख्ने भएका हुन्।
संसद सचिवालयले प्रकाशित गरेको आजको कार्यसूचि अनुसार, संविधानको धारा २९८
को उपधारा ३ बमोजिम बहुमतीय आधारमा दाहाललाई प्रधानमन्त्री पदको
उम्मेदवारको रुपमा संसदको नियमावली २०७३ को नियम ४९ को ४ अनुसार कांग्रेसका
सभापति शेरबहादुर देउवाले संसदमा प्रस्ताव पेश गर्नेछन्।
देउवाले सदनमा संक्षिप्त वक्तव्यसहित प्रस्ताव राखेपछि उक्त प्रस्तावका
समर्थकहरु माओवादीका नेता कृष्णबहादुर महरासहित १६ जना समर्थकले बोल्नेछन्।
त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ सदनमा पेश गर्दै मतविभाजनद्धारा निर्णय गर्नेछन्।
कांग्रेस, माओवादी र मधेसी मोर्चा लगायतका १६ दल र एक स्वतन्त्र सांसदले
दाहालको पक्षमा मतदान गरेको दाहाल आजै अपरान्हसम्ममा मुलुकको ३९ औं
प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनेछन्।
आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरुले दाहालको
उम्मेदवारी दर्तामा समर्थन जनाए पनि उनको पक्षमा मतदान गर्नुअघि कांग्रेस र
माओवादीसँग लिखित सहमतिको प्रयासमा अहिले नयाँवानेश्वरस्थित संसद भवनमा
जुटिरहेका छन्।
No comments:
Post a Comment