सरकारले सूचना तथा सञ्चारमन्त्री राम कार्कीलाई प्रवक्ता तोकेको छ ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले कार्कीलाई प्रवक्ता तोकेको हो । बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्ले प्रधानमन्त्री दाहालको जनसम्पर्क सल्लाहकारमा माओवादी (केन्द्र) का पोलिटब्युरो सदस्य रामदीप आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघिको बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार पूर्वलडाकु डेपुटी कमान्डर चक्रपाणि खनाल र प्रेस सल्लाहकारमा पार्टी निकट नेपाल प्रेस सेन्टरका केन्द्रीय संयोजक गोविन्द आचार्यलाई नियुक्त गरिसकेको छ ।
बिहीबारकै बैठकले अफगानिस्तान घटनाका घाइतेको उपचारका क्रममा लागेको ९१ लाख ६ हजार रुपैयाँ खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले उक्त घटनामा ज्यान गुमाएका १२ नेपालीको शवलाई जहाज चार्टर गरी काठमाडौं ल्याएको थियो ।

No comments:
Post a Comment