महिलाले कसरी
यौनसुख प्राप्त
गर्छन् ?
यौन आनन्द वा चरमसुख कसरी प्राप्त हुन्छ ?
प्रश्नको जवाफ दिइ हाल्नुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गरौं । मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण एक्साइटमेन्ट फेज भनिन्छ भने त्यसपछिको चरणलाई प्लाटो फेज भनिन्छ । तेस्रो चरण चरमसुख अर्गाज्म फेज हो भने अन्तिम चरण रिजोलुसन फेज हो । प्लाटो फेजमा भएको यौन Stimulation लाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।यो चरणमा मांशपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप पनि निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांशपेशी खुम्चनेफुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ त्यसैलाई हामी चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं ।

आधारभूत रूपमा
महिला तथा
पुरुषमा यौन
प्रतिक्रिया चक्र
उस्तै नै
हुन्छ तर
पनि केही
कुरामा भने
फरक देख्न
सकिन्छ । यदि
चरमसुखको चरण
पछि पनि
यौन Stimulation (स्टिमुलेसन) निरन्तर रूपमा
कायम रहयो
भने कतिपय
महिलाले एक
पल्टभन्दा बढी
चरमसुख (Multiple Orgasm) प्राप्त गर्न सक्छन्
तर पुरुषहरूमा
भने यस्तो
हुँदैन । महिला
तथा पुरुषबीचको
सबैभन्दा महत्वपूर्ण
फरक Refractory Period हो
। पुरुषहरू
चरमसुख पाएर
पुरानै अवस्था
फर्किए पछि
केही समयका
लागि यौनिक
रूपमा उत्तेजित
हुन सक्दैनन्
। महिलाहरूले
भने यौन
चरमसुख पछि
पनि यौन
क्रियाकलापलाई निरन्तरता
दिन सक्छन्
।
महिलाले कसरी यौन सुख कसरी प्राप्त गर्छन् ?
हस्तमैथुन गर्ने कुरा गर्नुभएको हुनाले तपाईंलाई आफ्ना यौन संवेदनशील अङ्गका बारेमा पक्कै पनि जानकारी होला । महिलाको सबैभन्दा यौन सम्वेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिर तिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् ।

यौन क्रियाकलापमा
संलग्न हुँदा
पाकक्रिडामा संलग्न
भए यौन
उत्तेजना प्राप्त
गर्न र चरमसुखसम्म पुग्न सजिलो
हुन्छ । यसले
यौन सम्पर्कमा
संलग्न दुवै
जनालाई साथसाथै
चरमसुख प्राप्त
गर्न मद्दत
पनि गर्छ
। साथसाथै
चरमसुख प्राप्त
गर्नु सजिलो
कुरा होइन
र त्यसै
हुनै पर्छ
भन्ने पनि
छैन । साथसाथै चरमसुख पाइएन
भने पनि
पीर गर्नुपर्ने
आवश्यता छैन,
पालोपालो गरेर
यौन चरमसुख
प्राप्त गरे
पनि हुन्छ
। साथसाथै
पाउँदा वास्तविक
अर्थमा सम्भोग
बनाउन सकिन्छ
। सम्भोग
अर्थात सम
+ भोग जसको
अर्थ दुवैजना
यौन साथी
(श्रीमान्–श्रीमती)ले
समान रूपमा
यो सुख
भोग गर्न
पाउने कुरा
हो ।
सामान्यतया: लिङ्ग प्रवेश गराएर सुरु गरिने यौन सम्पर्कमा महिलाले पर्याप्त रूपमा यौन चरमसुखसम्म पुग्ने समय पाउँदैनन् त्यसैले महिलाले पर्याप्त रूपमा पाकक्रिडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुषमाथि र महिला तल रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन । त्यसैले कतिपय महिलाले हस्तमैथुनबाट यौन आनन्द पाए पनि यौन सम्पर्कको बेलामा भने आनन्द प्राप्त गर्न सक्दैनन् ।
तपाईले भगाङ्कुरको
घर्षणबाट यौन
चरमसुख प्राप्त
गर्नुभएको छ भने
यसरी यौनसम्पर्क
गर्दा चरमसुख
प्राप्त गर्न
सहज हुँदैन
। त्यसैले
फरक आसन
जस्तै– तपाईं
माथि रहेर
वा अन्य
आसन, जसमा
तपाईंले भगाङ्कुरको
घर्षण अनि
यौनसम्पर्क गर्दा
कटि प्रदेशको
चाल र त्यसको गतिलाई आफैंले
नियन्त्रण गर्न
सक्नुहोस्, ले
तपाईंलाई चरमसुख
प्राप्त गर्न
सहयोग गर्छ
।
हस्तमैथुन गरेका
कारणले नै
तपाईले यौन
सम्पर्क गर्दा
यौन आनन्द
नपाउने होइन
। बरु
हस्तमैथुन गर्दा
तपाईंको कुन
अङ्ग सबैभन्दा
बढी संवेदनशील
छ अनि
कसो गर्दा
त्यसलाई उत्तेजित
तुल्याएर आनन्द
लिन सकिन्छ
भन्ने कुरा
पनि थाहा
हुनुपर्छ । श्रीमान्सँगको यौन
क्रियाकलापमा उहाँलाई
पनि संलग्न
गरेर तपाईंलाई
यौन उत्तेजित
गर्ने कार्यमा
सहयोग लिन
सकियो भने
यौन आनन्द
अर्थात चरमसुख
प्राप्त गर्न
सहयोग पुग्छ
।
योनि पोल्ने
सन्दर्भमा योनिको
संक्रमण, सुख्खापन
वा अत्यधिक
घर्षण वा
यहाँसम्म कि
वीर्यको एलर्जीसम्म
कारण हुन
सक्छ । अहिले
तपार्इंले दिएको
सीमित जानकारीका
आधारमा यसै
भन्न सकिएन
। थप
जानकारीका साथ
पत्र लेख्नु
भए केही
भन्न सकिन्थ्यो
। यद्यपि
यसका लागि
स्त्री रोग
वा यौन
रोग विशेषज्ञसँग
सम्पर्क राख्न
सल्लाह दिन्छु
।
No comments:
Post a Comment