Tuesday, August 16, 2016

काश्मिर झडपमा ५ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा पृथकतावादी प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५ जनाको मृत्यु भएको छ । १२ प्रदर्शनकारी घाइते भएका छन् । रैपान्थान गाउँमा भएको झडपमा ४ जना र लर्किपोरा गाउँमा १ जनाको मृत्यु भएको हो । गत जुलाई ९ यता काश्मिरमा प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले विभिन्न स्थानमा कफर््यू लगाएको छ । भारतीय सैनिकले गोली हानी कश्मिरका चर्चित नेताको हत्या गरेपछि त्यहाँ प्रदर्शन चर्किएको हो । त्यसयता काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक भएको झडपमा ६० भन्दा बढीको मृत्यु भइसकेको छ ।

No comments:

Post a Comment