Thursday, August 18, 2016

सेक्सपछि ओछ्यानमा सुतिरहँदा गर्भवती छिटो हुने कुरा गलतः अध्ययन



दशकौंदेखि यौन सम्बन्ध कायम गरेपछि ओछ्यानमा सुतिरहँदा महिला गर्भवती हुने सम्भावना बढ्ने मानिँदै आएको थियो तर, हालै गरिएको एउटा नयाँ अध्ययनले यो सिद्धान्तभन्दा फरक तथ्य प्रस्तुत गरेको छ।
अध्ययनका अनुसार यौन सम्पर्कपछि बेड रेस्ट लिँदा गर्भवती हुने भन्ने कुरा सही होइन शोधकर्ताहरुले सय दम्पत्तिमा गरेको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो अध्ययनको निष्कर्ष फनल्याण्डमा आयोजना गरिएको फर्टिलिटी सम्मेलनमा प्रस्तुत गरिएको हो
अध्ययनमा संलग्न अधा महिलालाई कृत्रिम वीर्यारोपन (artificial insemination)पछि १५ मिनेटसम्म ओछ्यानमै सुतिरहन भनिएको थियो भने बाँकी महिलालाई तत्काल ओछ्यानबाट हटाइएको थियो शोधकर्ताहरुले जुन महिलालाई ओछ्यानमै रहन भनिएको थियो उनीहरुमा गर्भवती बन्ने लक्षण देखिएन यसले पनि यौन सम्पर्कपछि ओछ्यानमै सुतिरहेका कारण गर्भवती हुने भन्ने मान्यता गलत निराधार हो
यो नयाँ तथ्यमाथि प्रतिक्रिया व्यक्त गर्दै शफिल्ड विश्वविद्यालयका प्राध्यापक एलन पीसीले नयाँ तथ्यबाट आफूलाई कुनै आश्चर्य नलागेको बताए किनभने स्पर्म सेल्सलाई गर्भाशय नली (fallopian tube) सम्म पुराउन केवल पाँच मिनेटको समय लाग्दछ त्यसपछि त्यो कयौ दिनसम्म गर्भाशयमा जिवित रहन सक्छ उनले भनेसेक्सपछि स्वासप्रश्वास सामान्य हुँदासम्म पिसाव गर्नका लागि ओछ्यानबाट उठ्ने बेलासम्म स्पर्म अण्डालाई फर्टिलाइज गर्न पुगिसकेको हुन्छ
यार्कशर अस्पतालमा रिप्राडक्टिभ मेडिसिन एन्ड सर्जरीका प्राध्यापक डाक्टर एडम बालेनले भनेजीव विज्ञानलाई सबै पुस्तकमा नारीलाई चित्रात्मक रच्नु सबैभन्दा जटिल
उनले भनेयो (चित्र) ले देखाउँछ कि गर्भाशय योनी बिल्कुल  सिधा जबकि वास्तविकता यस्तो होइन योनीको झकाव हुन्छ गर्भाशयको झुकाव योती गर्भाशयको नली वा अन्डाशय (ovary) को झुकावसँग सम्बन्धित हुन्छ
उनले अगाडि भनेकयौ महिला सोच्दछन् कि ओछ्यानबाट उठ्ने बेला सबै बाहिर जानेछ तर, शारीरिक रुपमा यो सम्भव छैन यसरी काम हुँदैन
विशेषज्ञले स्मोकिंगलाई गर्भाधानको सम्भावनाका लागि खतरा मानेका छन् डाक्टर बालेन भन्छन्सेक्सपछि जे चाहनु हुन्छ गर्नुस्, तर स्मोकिंग नगर्नुस
एम्स्टर्डम युनिभर्सिटीमा गरिएको एउटा अध्ययनमा निकै रोचक तथ्य भेटिएको
यहाँ ४७९ जना महिलामा कृत्रिम वीर्यारोपणको प्रयोग गरियो यसमा जुन महिलालाई १५ मिनेटसम्म ओछ्यानमै राखियो उनीहरुमा गर्भाधान दर ३२. प्रतिशत रह्यो, जुन महिलालाई ओछ्यानबाट तत्काल उठाइएको थियो, उनीहरुमा गर्भाधान दर ४०. प्रतिशत थियो दुवै समूहबाट प्राप्त परिणामको तुलना गर्दा कुनै संख्यीय अन्तर फेला परेन
मुख्य शोधकर्ता जोक्यो भेन रिज्स्भिज्कले यो अध्ययनले सेक्सपछि ओछ्यानमै सुतिरहँदा गर्भाधानमा कुनै असर पर्दैन भन्ने पुष्टि गरेको बताए एजेन्सी

No comments:

Post a Comment