Monday, August 22, 2016

यस्ता छन् मानिसलाई नपुंसक बनाउने तत्वहरु



धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर पुराउने गर्दछ
बढी पिरो, चिल्लो, अमिलो तथा गर्मी गर्ने खानेकुराको सेवनले पनि प्रजनन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा वीर्यको गुणस्तर तथा शुक्रकीटको संख्यामा कमी ल्याउने बताइन्छ
नसुत्नु तथा राम्रो निद्रा नपर्नु पनि नपुंसकताको संकेत भएको विभिन्न अध्ययनहरुले देखाएका छन्
धुमपानले पनि मानिसलाई नपुंसक बनाउने खतरा हुन्छ धुमपानका कारण रक्तसंचारमा असर पर्छ रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर हुनु हो
मोटोपन बढ्नु शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका दृष्टिले निकै खराब कुरा हो यसको सीधा असर मानिसको यौन तथा प्रजनन स्वास्थ्यमा पर्छ त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ
पर्याप्त नसुत्दा पनि नपुंसकताको खतरा बढ्छ दिनको आठ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन, शरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ शरीरमा हार्मोनको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन  क्षमतामा ह्रास ल्याउँछ नपुंसकताको खतरा बढाउँछ
जाँडरक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरु बताउँछन्
जंक फुड बढी सेवन गर्ने मानिसको शरीरमा आवश्यक पोषणको कमी हुन्छ यस्तो कमी पुर्ति गर्न विभिन्न औषधि तथा चक्की खाने बानीले समेत मानिसको प्रजनन क्षमतामा असर पुराउने गर्दछ
तनाव पनि नपुंसकताको कारण बन्न सक्छ यदि मानिसको जीवन तनावपूर्ण भने उसको यौन क्षमतामा कमी आउँछ एजेन्सी





No comments:

Post a Comment