आज (शुक्रबार) गाईजात्रा पर्व
हर्षोल्लासका साथ मनाइँदै छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर
विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रममा गराउँदै यो पर्व मनाउँछन् ।
मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा गराउने चलन छ ।
कसैकसैले बालकहरूलाई जोगीको भेष धारण गराएर बाजागाजासाथ नगर परिक्रमा गराउँछन् । कसैले गाईलाई नै नगरपरिक्रमा गराउँछन् । पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरअघि गाईजात्रामा सहभागी हुने सबैलाई भेला गराएर सामूहिक नगर परिक्रमा गराइने चलन छ ।
भक्तपुरमा घिन्ताङघिसी
आठ रात नौ दिन मनाइने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्त्वाबाट बिहीबार निस्किएको घिन्ताङघिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ बहत्त्वाबाट निस्किएको घिन्ताङघिसीसँगै गाईजात्रा सुरु हुने संस्कृतिकर्मी ओम द्यौभडेलले बताए ।
बहत्त्वाबाट निस्किएको घिन्ताङघिसी दरबार स्क्वायर, बालाजु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन हुन्छ । जनैपूर्णिमामा निकालिएको घिन्ताङघिसीले वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्न सूचना प्रदान गरिएको उनी बताउँछन् ।
विभिन्न ठाउँमा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यंग्यात्मक हुन्छ । घिन्ताङघिसी दुई समूह वा दुई जनाबीच लठ्ठी जुधाएर नाच्ने गरिन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने मान्यता रहेको द्यौभडेलले बताए ।
गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले सुरु गरेका हुन् । श्रावण शुक्ल पूर्णिमादेखि कृष्णाष्टमीका दिनसम्म प्रत्येक दिन साँझ टोलटोलमा व्यांग्यात्मक नाटक, नाच, प्रहसन गरिन्छ ।
गाईजात्रामा मृतक परिवारको घरबाट बालबालिकालाई शिव–पार्वतीको प्रतीकका रूपमा शृंगार गरी ल्याउने चलन छ ।
यसमा कर्म नचलेका बालबालिका हुनुपर्ने मान्यता छ ।

No comments:
Post a Comment