Tuesday, August 23, 2016

रामा होटल अपराधिको अडडा बन्दै,सिघानिया हत्यामा कुनै नयां तथ्य बाहिर आएन


संचार उद्यमी अरुण सिघानिया हत्यामा जनकपुर स्थित रामा होटलको भुमिका नै संकास्पद रहेको छ। होटलमा बसेर हत्याको योजना बनाइएको भएपनि सो होटलका संचालकले होटल बुक गर्दा समेत कुनैपनि प्रकारको रेकर्ड नराखेको कारणले होटल संचालकको भुमिका नै संकास्पद रहेको छ। सो होटलको २१० नम्बर कोठामा बसेर राम विनोद यादव सहितका व्यक्तिहरु बसेर हत्याको अन्जाम दिएको भएपनि होटल संचालकले भने बस्नको लागि कुनैपनि प्रकारको रेकर्ड नराख्नु आफैमा हस्पाद रहेको छ।
हत्याको योजनाकार मध्ये एक रहेका राम विनोद यादवले गत मंगलवार जिल्ला अदालत धनुषामा आत्म सम्पर्कण गरेपछि हत्याको अध्याय नै समाप्त भएको छ। प्रतिवादीका तर्फबाट कानुन व्यवायासी रहेका अधिवक्ता राजन दाहालले समेत बसको क्रममा जिकिर गरेका थिए–रामा होटलमै मानौ रक्सी नै खाएको रहेछ भने पनि सो अवस्थामा अपराध स्थापित गर्दैन व्यक्तिको भनाई त्यतिकै स्थापित हुदैन ।कुनै अभिलेख नै छैन । कुनै पहिचानका अभिलेख समेत नभएको अवस्थामा अमुलक व्यक्ति थियो भने गरेको कागजलाई अरुण सिघानियाको घटनामा लगेर जोडन मिल्दैन ।
यस्तै तर्क अर्का कानुन व्यवासयीको समेत रहेको प्रतिवादीका कानुन व्यवसायी चन्द्र कुमार शर्माले समेत रामा होटलको केही कर्मचारी भन्दैमा कुनै व्यक्ति अपराधि हुन्छ भन्ने मिल्दैन । बहसमा उनले तर्क गरेका थिए –रामा होटलमा बसेका भनिएको होटलले अभिलेख राख्ने हुन्छ । सो अभिलेख नभएको अवस्थामा कथित कर्मचारी भनिएका व्यक्तिको कागजको आधारमा ती प्रतिवादी संलग्नता थिए भनेर भन्न सकनिे अवस्था छैन । विना वतन राम विनोद भन्दैमा यी प्रतिवादी दोषि हुन भन्न हुदैन ।
होलीका दिनमा अधिकांस होटलहरु बन्द हुने गरेको अवस्थामा होटलका कर्मचारीहरु उनिहरुलाई विना कुनै रेकर्ड मात्रै होटल उपलबध गराउनु कर्मचारीहरुको गैर जिम्मेवारीपना मात्रै नभएर उनिहरुको भुमिका समेत संस्कास्पद रहेको छ।
प्रहरीलाई छकाउदै राम विनोद अदालत पुगे
यसो त  सबै सरकारी कार्यालय रहेको स्थानमा एउटा फरार अभियुक्र भनिएका व्यक्ति कसरी सहज रुपमा जाने आउने गरेको त्यो उनिहरु प्रहरीको नजरमा कसरी जोगिने गरेको छ सो तथ्य राम विनोद यादव प्रकरणमा देखिएको छ। यति मात्र होइन जिल्ला अदालत धनुषाको मुल ढोकामा रहेक समय चार देखि पांच जना सम्म प्रहरीको डियुटि हुने गरिएको छ। तर मंगलवार राम विनोद यादव करिब १२ बजे तिर सहजै अदालतमा प्रवेश गरे । सिघानिया हत्यामा राम विनोद यादव सहित ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएपछि उनि फरार भएका थिए । उनि अदालतमा पुगेपछि अदालत परिसरमा रहेको चापाकलमा खुटटा धोएका थिए। मोटरसाईकलमा चढेर उनि अदालत पुगेका थिए । एक्कासी राम विनोद अदालतमा पुगेपछि अदालत परिसरमा साता पोशाकमा प्रहरीको सक्रियता बढेको थियो । कतिपयले सबै सेटिंग भएर आएको भन्ने समेत बजार भरि नै अडकल काटिएको थियो तर अदालतका न्याधिस डा. राजेन्द्र आचार्यले विभिन्न २३ वटा कारण केलाउदै उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका थिए। त्यसपछि अदालतमा रहेको प्रहरीले आफनो जिम्मामा लिएका थिए । मूख्य योजनाकार यादव सिंघानियाको हत्या भएको तीन वर्षपछि आफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
आठ वर्षदेखि फरार यादव अदालतमा एकाएक हाजिर भएपछि सबैतिर चर्चाको विषय बनेको छ । धनुषा जिल्ला अदालतको इजलास नं. ५ मा उनी हाजिर भएका छन् ।  यादव लामो समयदेखि पक्राउ नपरेपछि सिंघानिया हत्याकाण्डको पूर्ण रुपमा तथ्य खुलेको थिएन ।
जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको वि.स. २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली प्रहार गरी  हत्या भएको थियो ।
गएको वैशाख १४ गते धनुषा जिल्ला अदालतले सिंघानिया हत्याकाण्डमा संलग्न रहेको आरोपमा  तीन जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । भने अन्य तीन जना अभियुक्तलाई धरौटी राखी साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सिंघानिया हत्याको मुख्य योजनाकार रहेको अभियोग लागेका धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित एवं निलम्बित सांसद संजय कुमार साह पूर्वपक्षका लागि थुनामा रहेका छन् ।
त्यस्तै सिंघानिया हत्याको सुटर एवं हतियार व्यवस्थापनको अभियोग लागेका सशस्त्र गतिविधि गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप र  सोहि घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनी समेत थुनामा छन् ।
सिंघानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घटनामा २० रुपैँया धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ । चौधरी वि.स. २०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै रहेका छन् । 
यस्तै सिंघानिया हत्यामै संलग्न रही फरार रहेका रामविनोद यादव, पवन लामा, मनक लामा र विजय कुशियैतलाई समेत कानुन अनुसार वारेन्ट सहितको पूर्जी जारी गर्न आदेश दिइसकेको छ ।
हत्यामा संलग्न मुख्य सुटर गएको जेठ महिनामा पक्राउ परी थुनामा छन् । गएको चैत १७ गते सिंघानिया हत्या पश्चात फरार रही सशस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव पक्राउ परेपछि प्रहरीले अनुसन्धान तिव्र रुपमा बढाएको थियो ।
उनीहरुको बयानको आधारमा प्रहरीले चैत २४ गते थुनामै रहेका सदभावना पार्टीका उपाध्यक्षसमेत रहेको संजय साह नै सिंघानिया हत्याकाण्डको मुख्य योजनाकार भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यही बेलादेखि अदालतमा अरुण सिंघानिया हत्याकाण्डको विषयमा निरन्तर वयान चल्दै आएको थियो । 
रामविनोद यादव अदालतमा हाजिर भएपछि फेरी जनकपुरमा अरुण सिंहानिया हत्याकाण्ड चर्चामा आएको छ । रामविनोद यादव संजय साहका निकटतम व्यक्ति मानिन्छन् । सिंघानिया, आरोपी तथा उनका नजिकका साथीहरूको मोबाइल कल डिटेल प्रहरीले जिल्ला अदालतमा दायर अभियोगपत्रमा दिएको छैन ? यसप्रति जनकपुरवासीले आश्चर्य व्यक्त गरेका छन् । जिल्ला प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेको अभियोगगपत्रमा ११ जनालाई आरोपी ठहर गरेको छ । आरोपीमध्ये निलम्बित सभासद संजय साह, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, अंशी राइन, ओमप्रकाश यादव, रामकरण यादव, मनक लामा र रामविनोदसहित ८ जना पक्राउ परिसकेका छन् ।
तीमध्ये हत्याको जिम्मा लिने मुकेशलाई २० रुपैयाँ, रामकरण यादवलाई ५० हजार तथा ओमप्रकाश यादवलाई २ लाख धरौटीमा रिहा गर्ने फैसला जिल्ला अदालतले गरिसकेको छ । अन्य अपराधमा समेत संलग्न रहेकाले उनीहरू सबै जना जेलमै छन् ।
सञ्चार उद्यमी सिंघानिया हत्याका पक्राउ ८ आरोपीमध्ये अधिकांशले प्रहरी अनुसन्धानको क्रममा आरोप सकार गरे पनि अदालतमा भने इन्कारी बयान दिएका थिए । सिंघानियालाई गोली प्रहार गरी हत्या गरेको भनेर आरोपित मनकले अदालतसमक्ष पनि आफ्नो अभियोग स्वीकार गरेका थिए । थुनछेक बहसको क्रममा उनले आफूले रामविनोदको निर्देशनमा सिंघानियालाई गोली प्रहार गरेको सकार गरेका थिए ।
राम विनोदले भने–मधेसका युवालाई राजनितिबाट टाढा राख्न गलत मुद्दामा फसाइदै छ
जिल्ला अदालत धनुषाको आदेशपछि थुनामा गएका राम विनोदको फोटो लिनको लागि अदालत परिसरमा संचारकर्मीहरुको समेत वाक्लो उपस्थिति रहेको थियो । प्रहरीले गाडिमा राख्ने बेलामा आफै संचारकर्मीहरुसंग कुरा गर्न थालेका राम विनोद यादवले आफु मधेसका युवा राजनितिमा लागेका कारणले आफनो राजनितिक समाप्त पार्नको लागि यस्तो झुठो मुद्दा लगाएको दावि गरे । उनले आफुहरुले आफै अदालतमा उपस्थित भएको कारणले अन्य कानुनी लडाई समेत लडने बताए । उनले यति दिन सम्म आफुले काठमाडौमा बसेका बताए । तर स्रोतका अनुसार उनि केही दिन सर्लाहीमा रहेको आफनो ससुरालीमा रहेका थिए भने केही समय मात्रै काठमाडौमा बसेका थिए । प्रहरीले उनि दिल्लीमा रहेको दावि गरेपछि स्रोतका अनुसार उनि धेरै जसो समेत भारतको जयनगर नजिक रहेको एउटा गाउमा बसेका थिए । उनि भारतमा र नेपालमा लकेर बस्दै आएको भएपनि आफनो नजिकका व्यक्तिसंग भने नियमित सम्पर्कमा रहेका थिए । जो प्रहरीको लागि चुनौतीको विषय बनेको थियो । आफै मोवाईल नबोकेको कारणले प्रहरीले उनि समक्ष सहजै पुग्न भने सकेन ।
जिल्ला अदालत धनुषामा गरेको बयानमा राम विनोदले घटनाको दिनमा आफु आफनो घर कनरपटिटमा रहेको बताएका छन । उनले घटनामा प्रतिवादी बनाइएको संजयकुमार साह र ओम प्रकास यादव बाहेक अरु प्रतिवादीलाई नचिनेको बताएका थिए । उनले घटनाको दिनमा कुनै अन्य प्रतिवादी र मृतक संग समेत कुनैपनि प्रकारले घेटघाट नभएको बताएका छन । राम विनोदले घटनामा विलेश्वर यादव,सुराई यादव,लक्ष्मण यादव र विन्देश्वर यादवलाई साक्षीको रुपमा राखेका छन ।
संजय साहको भविष्य अब के
संजय साहको निकट सहयोगि मानिएका एवं सदभावना पार्टीका पुर्व केन्द्रिय सदस्य समेत रहेका रामविनोद यादवलाई अदालतले थुनामा पठाउने आदेश दिएपछि संजय साहको विषयमा के हुने हो भन्ने अडकल काटिएको छ। सिघानिया हत्यामा बयानको लागि अदालतमा ल्याइएको संजय साहले आफु घटनामा संग्लन नरहेको भन्दै थुनामा नै अनसनमा बसेपछि उपचारको लागि काठमाडौ पठाइएको थियो । तर अहिले सम्म उनलाई बयानको लागि उपस्थित गराइएको छैन । तर जसरी अदालतमा सह प्रतिवादी मध्ये र संजयका निकट मानिएका राम विनोदलाई थुनामा पठाउने अदालतले आदेश गरेको छ त्यसले संजयलाई समेत थुनामा पठाउने सम्भावना बढिरहेको छ। तर अदालतलेको आदेश जेपनि आउन सक्ने बताइएको छ।
अन्सीले भने हत्याको दिन भारतमा थिए
सिघानिया हत्याका ११ जना आरोपी मध्ये एक रहेका अन्सी राईनले हत्या भएको दिन आफु भारतको दिल्लीमा पढने गरेको बताएका छन । उनले प्रहरी निरिक्षक गोविनद पुरीसंग भएको विवादको कारणले घटनामा आफुलाई मुछेको दावि गरेका छन। अदालतमा गरेको बयानमा अन्सीले घटनाको दिनमा आफु पी के ईन्जिनियरिंग कलेजमा अध्ययनमा रहेको जनाएका छन। उनले आफु भारतमा २००८ साल देखि अध्ययन गरिरहेको बताएका छन। उनले घटनाको कुनैपनि आरोपीलाई आफुले नचिनेको समेत बताएका छन। उनले अधिकार प्राप्त अधिकारी समक्ष बयान गराउदा समेत प्रहरीले आफै तयार गरेर ल्याएको बयानमा आफुलाई हस्ताक्षर गर्न लगाएको र आफुले नभेको कुरा लेखेको निजले बयानमा उल्लेख गरेका छन ।
चुके प्रहरीको अपराधि जोगाइयो
घटनाको जुन तथ्य र कारणहरु प्रहरीले प्रस्तुत गरेका छन त्यो कारण कसैले पनि चित्त बोझदो मान्न तयार भने देखिनैन । प्रहरीले समेत राम विनोद समातिएपछि केही न केही तथ्यहरु आउने दावि गरेका थिए । तर प्रहरीले जसरी सुते त्यो चुकले नै राम विनोदलाई अदालत समम पुग्न सहज पहुच बनाई दियो । घटनामा कुनै न कुनै रुपमा अपराधिहरु संग्लन रहेको सिघानिया हत्यामा निजका नजिकका व्यक्तिको संग्लनता रहेको अवस्था आईरहेको समयमा समेत प्रहरीको निष्क्रियताको कारणले घटनाका आरोपी मुख्य मास्टर माईन्ट सहजै जोगिने अवस्था रहेको छ। यसमा कति नै कतै प्रहरीको निष्क्रीयताले समेत यस्तो अवस्था ल्याएको हो । समाचारको जुन कारणले हत्या भएको प्रहरीको दावि रहेको त्यो कुनैपनि दृष्टिकोणले मेल खाल्दैन त्यसले समेत प्रहरीको अनुसन्धान प्रक्रिया माथि नै गम्भीर प्रश्न खडा गरेको छ। सिघानियाको हत्यामा गरिएको कागजातहरुमा कागज गर्नेहरुको बयानहरु समेत आफैमा संकास्पद रहेको कारणले कतै त कसै हत्याका मास्टरमान्डलाई प्रहरीले सहजै उम्काउने प्रयास गरेको आम जनमानसनमा चर्चाको विषय रहेको छ।

No comments:

Post a Comment