Tuesday, August 23, 2016

जनकपुरको दुई युवा कल्व बिचमा मलयुद्ध,सुरेन्द्र र धर्मेन्द्र कल्वहरुमा प्रभाव जमाउदै


जनकपुरधाम । जनकपुरको दुई युवा कल्व बिचमा देखिएको विवाद जनकपुरमा चर्चाको विषय रहेको छ । जनकपुरको महाविर युवा कल्व र गणेश युवा कमिटी बिचमा देखिएको विवाद अहिले निकै चर्चाको विषय बनेको छ ।
दुवै युवा कल्व बिचमा देखिएको विवाद अहिले सदस्यहरुलाई निष्कासन गर्न सम्म पुगेको छ। महाविर युवा कमिटिको साधारण सभाबाट जनकपुर उद्योग वाणिज्य संघका सचिव र सो कमिटिका सदस्य रहेका सुरेन्द्र भण्डारी र राजेश भण्डारीलाई निष्कासन गरेको थियो । राजेश अहिले गणेश युवा कमिटिको अध्यक्ष हुन । दुई जनालाई निकाष्सन गरेको झोकमा र सहयोग पुर्याउने पांच जनालाई गणेश युवा कमिटिले समेत आफनो कमिटिबाट निष्कासन गरेको छ। महाविर युवा कमिटिका अध्यक्ष धर्वेन्द्र साह र गणेश युवा कमिटिको विगतमा अध्यक्ष रहेका सुरेन्द्र भण्डारी बिचको व्यक्तिगत टकरावको कारणले निष्कासन सम्मको अवस्था आएको हो । गणेश युवा कमिटिले महाविर युवा कमिटिको सदस्य रहेको पांच जनालाई निष्कासन गरेको छ। गणेशले सचिव भरत साह,सदस्य नरेन्द्र विक्रम साह,राकेश विक्रम साह ,अजय गुप्ता र रवि शर्मालाई निष्कासन गरेको छ ।
दुवै कल्वले आफनो कमिटिबाट सदस्यहरुलाई निष्कासन गर्नुको मुख्य कारण नै सुरेन्द्र र धर्वेन्द्र बिचको व्यक्रिगत विवाद र टकरवा नै मुख्य कारण रहेको छ।
महाविर युवा कमिटिका अध्यक्ष धर्वेन्द्र साहले निष्कासन गरिएको दुवै जना संस्थाको विधान विपरित कार्य गरेको कारणले साधारण सभाको निर्णय अनुसार उनिहरुलाई निष्कासन गरिएको जानकारी दिए । साधारण सभाको सदस्यहरुको बहुमतको आधारमा निकालिएको बताए । साहले सुरेन्द्र र राजेशसंग कुनै व्यक्तिगत विवाद नरहेको र आफुले सक्दो सहयोग गरेको साधारण सभाको बहुमतको आधारमा नै निष्कासन गरिएको बताए । साधारण सभाबाट नै उनिहरुको विरुद्धमा महौल निर्माण भएको कारणले आफुहरुले वाध्य भएर हटाउनु निर्णय गरिएको साहले बताए ।
तर सुरेन्द्र भण्डारीले आफु माथि लगाइएको आरोपहरु कुनैपनि प्रकारले सत्यता नरहेको बताए । उद्योग वाणिज्य संघको सचिवको हैसियतमा आफु रामानन्द युवा कल्वको बैठकमा गएको र त्यहा बहुमतको सदस्यहरुले संयुक्त युवा संर्घष समितिका अध्यक्षबाट हटाइएको र सोहीको निहुमा आफुले हटाइएको बताए । भण्डारीले धर्वेन्द्रले संर्घष समितिको निर्णय विपरित क्रियाकलापमा धर्वेन्द्र लागेको कारणले हटाइएको र सोही निहुमा आफुले  हटाइएको     बताए ।
साधारण सभा सकिने लागेको र अधिकांस सदस्यहरु हिडी सकेको कारणले गर्दा धान्धली पुर्ण तरिकाले आफुहरुलाई हटाईएको आरोप लगाए । भण्डारीले कुनै व्यक्रि बम काण्डमा निर्दाेष रहेको लगायतको बयान दिएर धर्वेन्द्र उल्टै समितिको भावना विपरित कार्य गरेको आरोप    लगाउनुभयो ।
गणेश युवा कमिटिमा सुरेन्द्र भण्डारीको प्रभाव रहेको छ। महाविरमा धर्वेन्द्रको प्रभाव रहेको छ। दुई जनाको प्रभावको कारणले गर्दा नै अहिले कमिटिहरुमा एकले अर्कोलाई निष्कासन गर्ने खेलमा लागेका छन ।
सुरेन्द्र भण्डारी एमाले निकट मानिएका छन । धर्वेन्द्र मधेस केन्द्रित दलको नजिक मानिएको छ । दुवै जनाले विगतको संविधान सभाको निर्वाचनमा राजनितिक दलहरुलाई खुलेर सहयोग गरेका थिए । सुरेन्द्रले एमालेका उम्मेदवार जुलिकुमारी महतोलाई सहयोग गरेका थिए भने धर्वेन्द्र संजयकुमार साहलाई सहयोग गरेका थिए । दुवै जना बिचको दुरी बढनुमा समेत पार्टी समेत एउटा कारण रहेको छ। उनिहरु यसैको प्रभावको कारणले गर्दा समेत निष्कासन सम्मको अवस्था आएको हो ।
दुवै जनाले जनकपुरको युवा कल्वहरुमा आफनो दवदवा बढाउनको लागि यस्तो खेल सुरु गरेका छन ।



No comments:

Post a Comment