घरायसी
रिसिईबीका कारण छिमेकीले अपहरण गरि भारत पुर्याएका एक बलिकालाई सप्तरी
प्रहरीले अपहरणको २० घण्टापछि बिहीवार सकुशल मुक्त गराएको छ ।
नर्घो गाबिस ६ का लक्ष्मण मण्डलकी ७ वषिर्य छोरी सन्तोषी मण्डललाई सप्तरी प्रहरीले भारतीय भूमीवाट अपहरण मुक्त गराएको हो । सन्तोषीलाई उनकै घर छेउका एक ब्यक्तीले भदौ १ गते ४ वजेको समयमा साईकलमा चढाई अपहरण गरेर भारतीय भूमी पुर्याएका थिए ।
अपहरण गर्ने ती ब्यक्ती फरार रहेकाले उनको नाम गोप्य राखिएको छ । बालिका अपहरण गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी भिमप्रसाद ढकालको नेतृत्वमा प्रहरी परिचालित भएको थियो ।
सादा पोसाकमा खटिएको उक्त टोलीले बालिका खोजतलास गर्ने क्रममा नेपाल भारत सिमा क्षेत्रवाट १२ किलोमिटर दक्षिण बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत लौकही थाना क्षेत्रको करियौत पञ्चायतको मुख्य चौकवाट बिहीवार ११ वजे अपहरणमुक्त गराएको एसपी ढकालले जनाए । बिहीवार जिल्ला प्रहरीमा आयोजित पत्रकार सम्मेलनमा अपहरित वालिका सन्तोषीलाई अभिभावकको जिम्मा लगाईएको थियो ।
एसपी ढकालले अपहरणमा संलग्न ब्यक्तिको पहिचान भईसकेको र चाँडै कानुनी दायरामा ल्याउने गरी खोजी कार्य अघि बढाईएको बताए । अपहरणमुक्त भएकी बालिका सन्तोषीका बुवा लक्ष्मण राजविराज स्थित रुपनी मोडमा सामान्य होटेल चलाएर जिविकोपार्जन गर्दे आएका छन् । एसपी ढकालले घरायसी सामान्य बिबाद र फिरौती असुलीका लागि वालिकाको अपहरण गरिएको र अपहरणमा संल्गन पक्राउ परेपछि घटनावारे थप कुरा वाहिर आउने बताए ।
यस अघि सप्तरी प्रहरीले गत साउन ६ गते अपहरणमा परेका सप्तरीको रौतहट गाबिस २ का गंगाई दासका ८ वषिर्य छोरा सिकेन्द्र दासलाई प्रहरीले सिमा क्षेत्रको भारतीयभुमीवाट सकुशल उद्धार गरेको थियो ।

No comments:
Post a Comment