नेकपा (एमाले) निकट अनेरास्ववियुका विवाद मिलाउने जिम्मा विद्यार्थी
इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ।
अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद
मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी गराए।
अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे
विवाद हुँदै आएको थियो। विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई
दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ।
अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महरले बताए।
“अध्यक्षले विधान विपरीत कार्य विभाजन गर्नुभएको थियो” उनले भने– “हाम्रो
त्यसमा असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले
मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।”
No comments:
Post a Comment