काठमाडौंबाट वीरगन्ज तर्फ जाँदै
यात्रुबाहक बस र भरतपुरको चौबिस कोठीबाट नवलपरासीको गैंडाकोट तर्फ जाँदै
गरेको मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी बसन्त कुँवरका अनुसार गएराति ११ बजे बस र मोटरसाइकल ठोक्किएको हो ।
ना ४ ख ३६९३ नम्बरको बस र गैंडाकोट जाँदै गरेको ना३६प २२७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका थिए । घाइते दुवैको भरतपुरस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी कुँवरले जानकारी दिए ।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-२ का निराजन न्यौपाने र तिलक कँडेल रहेका छन् । दुर्घटना वीरेन्द्र क्यापस अगाडिको वीरेन्द्र चोकमा भएको हो।
प्रहरीले राति नै बस चालक र बसलाई नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment