Wednesday, August 24, 2016

सेक्समा रातो रङ्गको प्रभाव



रातो रङ्ग शायद सबैभन्दा बढी प्रभावित गर्ने रङ्ग हो यसले कार्यालयमा तपाईको कामदेखि निजी सम्बन्धसम्म प्रभावित गर्दछ तर, कसरी ? यसको जाँच गरिरहेका छन् डेभिड राबसन
महारानीको ताजको रङ्गदेखि एम्सटर्डमको रेड लाइट एसियासम्म रातो रङ्गलाई सत्ता, आक्रमण सेक्ससँग जोडेर हेर्ने गरिन्छ।रङ्गहरुको मनोविज्ञानबाट थाहा हुन्छ कि रातो रङ्गले हाम्रो मुड, विचार काममा गहिरो असर पार्ने गर्दछ यसबाट तपाईको फिजियोलजी हर्मोन सन्तुलनमा खेल मैदानमा प्रदर्शन पनि प्रभावित हुन सक्छ
अधिकांश स्तनधारी प्राणी कुकुरजस्तै रातो हरियो रंगमा फरक छुट्याउन सक्दैनन् जब हाम्रा पूर्वज जंगलमा जीवन बिताइरहेका थिए, तब उनीहरुको आँखाको रेटिनामा एक विशेष प्रकारको सेल विकसित भइरहेको थियो यसले पातहरुको बीचबाट रातो चम्किलो फल छान्नेमा सहयोग गर्दथ्यो
विस्तारै रिस उठेका बेला नाक रातो हुनु, शक्तिको निशानी बन्यो मेंड्रिल बाँदर यसको उपयुक्त उदाहरण हो किनभने जति स्वस्थ बाँदर त्यति नै गाढा उसको नाकको रंग हुने गर्दछ
सन् २००४ मा युनिभर्सिटी अफ डरहमका मनोवैज्ञानिक रसेल हिल रोबर्ट बार्टनले यस विषयमा शोध सुरु गरेका थिए कि किन मानिषमा यस्तो हुने गर्दछ मानिस पनिआक्रोशका समय रातोहुन्छन्
हिल बार्टनले सन् २००४ मा ओलम्पिक खेलाडीहरुको पहिरनमा शोध गरे बक्सिङ तेक्वान्दोमा भएको यो शोधमा रातो रंगको पोशाक लगाउने खेलाडीमा जित्ने सम्भवना पाँच प्रतिशत बढी पाइएको थियो
हिल भन्छन्रातो रंगको पोशाकले तपाईले जबरजस्त खेलाडी बनाउँदैन तर, जब तपाई प्रतिस्पर्धा समान खेलाडीसँग हुन सक्छ तब यो जित हारलको सन्तुलनलाई प्रभावित गर्दछ
फुटबल मैदानमा गरिएको शोधबाट यदि गोलकिपरले रातो रंगको पोशाक लगाएको भने पेनाल्टी सूटआउटमा गोलको सम्भावना कम हुने गरेको पाइयो
युनिभर्सिटी अफ रोचेस्टरका एन्ड्रयु एलियट भन्छन्रातो रंगको पोशाक लगाउनेले तपाईलाई बढी प्रभावी सम्झन्छ, जसबाट मुटुको धड्कन टेस्टोस्टोरोनको मात्रा बढ्दछ
केही फैशन विशेषज्ञहरुका अनुसार रातो टाइ लगाउँदा कार्यालयमा आफ्नो प्रभाव अधिकार बढी भएको अनुभूति हुने गर्दछ रातो रंगको पोशाक लगाउने महिलाले अधिक टिप्स पाउने गर्दछन्
तर, रातो रंगका कारण हुने आक्रमकताको नकारात्मक प्रभाव पनि हुन सक्छ प्रोफेसर एलियट भन्छन्रातो रंग पाकेको फलको हो रिसाएको बेलाको अनुहारको रंग हो सेक्स उत्तेजनाको रंग हो त्यसैले यसलाई सधैं हाम्रो अस्तित्वसँग जोडेर हेरिनेछ हामी बस यो कुराको पुष्टि गरिरहेका छौ कि जब हाम्रा पूर्वजहरुले आफ्नो जिउलाई रंग्याउन सुरु गरेका थिए तब के सोचे होलान् ? यही कि रातोजस्तो कुनै रंग छैन ? एजेन्सी




No comments:

Post a Comment