Tuesday, August 2, 2016

पिपलको विरूवा रोपेर बालुवाटारबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका छन्। झण्डै साढे ९ महिना सरकारी निवास बालुवाटारमा बसेका ओली बुधबार बिहान पिपलको बिरूवा रोपेर बाहिरिएका उनका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
२०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए।
उनी बालुवाटारबाट पहिले नयाँ बानेश्वरस्थित स‌ंसद भवन गएका छन्। त्यही नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर भक्तपुरको बालकोटस्थित आफ्नो निवास जाने छन्।
‘नयाँ निर्वाचित प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवासमा सर्न उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले प्रधानमन्त्री आजै आफ्नो निजी निवास बालकोट सर्न लाग्नु भएको हो। नयाँ निर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली आफ्नो निजी निवासबाटै सहभागी हुनु हुनेछ,’ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीहरुसँग छुट्टाछुट्टै भेटेर उनीहरुले पुर्‍याउनुभएको सहयोगका लागि धन्यबाद एका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीति कम षड्यन्त्र धेरै भइरहेको बताएका छन् । तर, उनले संविधान कार्यान्वयन नगर्ने र देशलाई प्रतिगमनतिर लैजाने प्रयासलाई एमालेले कुनै हालतमा सफल हुन नदिने बताए ।
तुलसीलाल अमात्यको स्मृती दिवसका अबसरमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘देशमा अहिले जे भइरहेको, राजनीतिलाई षड्यन्त्रले थिच्ने काम र स्वाभाविक होइन, अस्वाभाविक भइरहेको छ ।’
सरकारको नेतृत्व गर्ने तयारीमा रहेको प्रचण्ड माओवादीतर्फ संकेत गर्दै उनले ‘नावाकाद’हरुको विगविगी रहेको बताए । उनले अघि भने, ‘नामका वामपन्थी कामका दक्षिणपन्थीको विगविगी बढेको छ आजभोलि । त्यसैगरी नामका लोकतन्त्रवादी, काम त अर्थोकै… ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमत्री ओलीले सरकार परिर्वतनलाई संविधान कार्यान्वयन हुने नदिने र देशलाई फेरि प्रतिगमनतिर लैजाने षड्यन्त्रको संज्ञा दिएका छन् । ००७ पछि संविधानसभा चुनाव नभएकोदेखि दरवार हत्याकाण्ड र माघ १९ अघि यस्तै बाटो लिइएको भन्दै उनले भने, ‘कहिले लोकेन्द्रबहादुर चन्द कहिले सूर्यबहादुर थापा प्रधानमन्त्री । अहिले पनि त्यो सुरु भइसक्यो ।’
संविधान कार्यान्वयन गर्ने जिम्मा सरकारको भएको भन्दै उनले भने, ‘सरकारमा को आउँदैछन् भने संविधान च्यातेका, पुनर्लेखन गर्नुपर्छ र षड्यन्त्रकारी भनेकाहरु ।’
‘अधिकार होइन, निहुँ खोजे’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मधेस केन्दि्रत दलहरुको चर्को आलोचना गरेका छन् ।
संविधानमा केही कमिकमजोरी भए पनि तराईबासीको अधिकार नखोसिएको भन्दै उनले भने, ‘सम्बोधन भएन भनेको छ । सम्बोधन केही होइन, नेपालविरुद्ध निहुँ खोजेको हो ।’
मधेस केन्दि्रत दलहरुको कुनै माग नभएको उनले बताए । एमालेविरुद्ध भोट दिन पाउने भए माग छाडेर कुदेर आउने गरेको भन्दै उनले भने, ‘अब के हो माग ? माग त पुरा भइसक्यो । आइसक्नु भो । सरकारमा जान लाइन लाग्नु भएको छ ।’
- See more at: http://www.todaykhabar.com/2016/08/02/56292/#sthash.EQXx972P.dpuf

No comments:

Post a Comment