वरिष्ठ पत्रकार एवं प्रजातान्त्रिक योद्धा
इन्द्रकान्त मिश्रको ९७ वर्ष उमेरमा मंगलबार बिहान राजधानीमा निधन भएको छ ।
छातीको निमोनियाका कारण सीतापाइलास्थित शुभेक्छा अस्पतालमा उपचारका क्रममा
उनको निधन भएको हो ।'दैनिक नेपाल' को संस्थापक संपादकका रुपमा विस
२०१५ मा पत्रकारिता थालेका मिश्रले तत्कालिन नेपाल पत्रकार संघमा
कोषाध्यक्ष र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए । डेमोक्रेटिक
धारलाई पत्रकारिताको माध्यम बनाएका उनी प्रजातन्त्रको पक्षमा कलम चलाएको
भन्दै तत्कालिन पंचायती सरकारले दुइ पटक जेल र तीन पटक पत्रिका प्रतिबन्धित
गरेको थियो । उनी प्रेस काउन्सिल नेपालको दुई पटक सदस्य र २०४९ मा
राजपरिषदका सदस्य समेत भएका थिए । ०७१ मा सम्पादक समाज नेपालबाट
गोविन्द वियोगी पत्रकारिता पुरस्कार, ०७२ मा प्रेस काउन्सिल नेपालबाट
सम्मानपत्र, २०७३ मा प्रजातान्त्रिक बिचार समाजबाट पुरस्कार र सम्मान तथा
मधेसी पत्रकार समाजबाट गजेन्द्रनारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार
पाएका थिए । उनका एक छोरा विश्वदीप साप्ताहिकका प्रकाशक एवं सम्पादक राजेश
मिश्र र दुई छोरी छन् ।
No comments:
Post a Comment