राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चैत महिनासम्म स्थानीय तहको
निर्वाचन नभए त्यसपछिको बाँकि समयमा संविधानले परिकल्पना गरेका प्रदेश र
संघीय तहको निर्वाचन पनि सम्भव नहुने र संविधान कागजको खोस्टोमा परिणत हुने
बताएका छन्।
राप्रपा नेपालका अध्यक्ष थापाले शनिबार पार्टी मुख्यालयमा आयोजित
कार्यक्रममा २०७४ सालको माघ ७ गते अगाडि स्थानीय, प्रदेश र संघीय तहको
निर्वाचन हुन नसके संविधान कागजको खोस्टोमा परिणत हुने बताएका हुन्। उनले
संविधानको औचित्य समाप्त हुनेतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र
नेकपा माओवादी केन्द्र गम्भीर नभएको आरोप समेत लगाए। उनले प्रमुख तीन वटै
दल संविधानको कार्यान्वयनमा भन्दा सत्ताको खेलमा सक्रिय रहेको आरोप लगाए।
राप्रपा नेपालका अध्यक्ष थापाले प्रमुख तीन दल सत्ताको खेलमा लागेका कारण
मुलुकमा राजनीतिक अस्थिरता कायम भएको र संविधानको औचित्यमाथि अहिलेबाट नै
प्रश्न उठ्न थालेको बताए।
No comments:
Post a Comment