उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले
आफ्नो भारत भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको
छ ।
नयाँदिल्लीबाट फर्किएको दुई दिनपछि आज शीतल निवास पुगेका निधिले भ्रमणका
क्रममा भएका उच्चस्तरीय भेटवार्ता, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत
भ्रमणबारे भएको कुराकानी लगायतबारे राष्ट्रपतिलाएै जानकारी गराउनुभएको थियो
।
भारतीय उच्चअधिकारीले नेपालप्रति देखाएको सदासयता प्रशंसनीय रहेको निधिको
भनाई थियो ।
भ्रमणका क्रममा निधिले राष्ट्रपति भण्डारीका तर्फबाट समकक्षी प्रणव
मुखर्जीलाई नेपाल भ्रमणको निम्तो सहित पठाएको पत्र हस्तान्तर गर्नुका साथै
भण्डारीको भारत भ्रमणबारे समेत कुराकानी गर्नुभएको थियो ।
No comments:
Post a Comment