काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु
अगावै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन आफूले चाहेको बताएका छन् ।
साथै उनले यसबारे भोलिबाटै दलहरुसँँग छलफल थाल्ने जानकारी दिएका छन् ।
मंगलबार साँझ अनलाइनका सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री
प्रचण्डले भने, ‘मधेसवादी दलहरुसँग हिजो छलफल भएको छ । अरु दलसँग भोलिबाट
छलफल गर्छु ।’
सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सोमबार मात्र संविधान संशोधनबारे
छलफल सुरु नगरेको भन्दै असन्तुष्टि जनाएको थियो । उसले भारत भ्रमण अघि नै
संसदमा संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न सरकारसँग माग गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड असोज ३० गते तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् ।
प्रधानमन्त्री प्रचण्डले यो सरकारले चुनाव गर्दैैन कि भन्ने शंका नगर्न
आग्रह गरेका छन् । चुनाव नगर्ने र मुलुकलाई संवैधानिक राजनीतिक रित्ततामा
लैजाने षड्यन्त्र भइरहेको विपक्षी दल एमालेको आरोपप्रति संकेत गर्दै उनले
माओवादीका लागि चुनाव अपरिहार्य भएको बताए ।
उनले भने, ‘माओवादीका लागि हिजो संविधान बनाउनु जति महत्वपूर्ण थियो,
अहिले चुनाव गराउनु पनि त्यति नै महत्वपूर्ण छ । चुनाव गराउँदैन कि भन्ने
शंका नगर्न आग्रह गर्छु ।’
प्रधानमन्त्री प्रचण्डले जिल्ला विकास समितिका इलाकाहरुलाई नै स्थानीय निकाय बनाउँदा उपयुक्त हुने धारणा राखे ।
No comments:
Post a Comment