सुनसरीको दक्षिणवर्ती अमडुवा गाविस–९ को जनता
प्राथमिक विद्यालयको कम्पाउण्ड भित्र रहेको पोखरीमा डुबेर आज तीन बालिकाको
मृत्यु भएको छ । अत्याधिक गर्मि भएपछि बालिका नुहाउन गएका थिए ।
ऋषिदेवकी नौं बर्षकी छोरी करुणा, राजु ऋषिदेवकी छोरी १० बर्षकी दीपिका र
रामु ऋषिदेव नौं बर्षकी छोरी नन्दनीको पोखरीमा डुबेर मृत्यू भएको प्रहरी
निरिक्षक शिकुमार पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार विद्यालयबाट छुट्टि भएर घर गई पोशाक फुकालेर उनीहरु नुहाउन
पोखरीमा गएका थिए । पुरानो तर गहिरो पोखरीमा पौडी खेल्न नजानेको कारण
उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल विराटनगर लगेको छ ।
No comments:
Post a Comment