डाम्हीमडै गाविस–९ रानी रतवारास्थित सडकको
छेउमा निमको रुखमा झुन्डिएको अवस्थामा भारत विहार राज्यको सीतामढी
जिल्लाको सिरसिया बस्ने ५५ वर्षीय रामस्नेही सदाको शव फेला परेको प्रहरी
उपरीक्षक जनक भट्टराईले बताए ।
केही दिन अघि सोही ठाउँ बस्ने आफ्ना भिनाजु बिजो सदाको घरमा आएर बसेको तथा हिजो आफ्नो गाउँ जान्छु भनी हिँडेको सदा आज बिहान घाँटीमा धोतीको पासो लगाई निमको रुखमा झुन्डिएको अवस्थामा फेला परेको उनका भिनाजु बिजो सदाले बताए ।
उनी के कति कारणले कसरी त्यहाँ झुन्डिएका हुन् त्यसबारे आफूहरुलाई केही थाहा नभएको उनका भिनाजु बिजोले बताएका छन् भने प्रहरीले घटना रहस्यमय भएको भन्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
साथै प्रहरीले मृतक सदाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

No comments:
Post a Comment