एमाले अध्यक्ष तथा निर्वतमान
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस दुर्घट्नामा घाइते भएकाहरुलाई
भेट्ना धुलिखेल अस्पताल पुगेका छन् । उनले दुर्घटना परी उपचारत ६ जनालाई
भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
सोमबार काभ्रेको विर्तादेउरालीमा बस दुर्घट्ना हुँदा २७ जनाको ज्यान गएको थियो भने ३९ जना घाइते भएका थिए । मृतकको शव राखिएको शिर ममोरियल अस्पतालको शवगृह पुगेर उनले जानकारी लिएका थिए । एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले उनलाई घटनाबारे जानकारी दिएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले घाइतेको उपचारको लागि सरकारलाई आग्रह गरिएको बताए । घटनालाई धेरै उछाल्न नहुने भन्दै व्यवसायीको सिण्डिकेट र ओभरलोडका बारे ‘केही न केही सोच्ने’ बताए ।
आफन्तले शव बुझ्न मानेनन्
दुर्घट्नामा ज्यान गुमाएका २७ जना मृतकका आफन्तले शव बुझ्न इन्कार गरेका छन् । सोही कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा शवको पोष्टमार्टम हुन सकेको छैन ।
प्रहरीले दोषीलाई कार्वाही गर्ने सुनिश्चित नगरिकन शव बुझेको व्यहोराको मुचुल्का तयार पारेकाले इन्कार गरेका मृतक इन्द्रकुमारी तामाङकी आफन्त सुनिता तामाङले बताइन् । दुई जनाको मुचुल्का तयार भइसकेकोमा ‘व्यवसायीलाई बचाउने खालको’ व्यहोरा भन्दै आक्रोशित आफन्तले च्यातेका थिए । दोषीलाई कार्वाही हुने अवसथा सुनिश्चित भएर व्यवसायीसँग वार्ता नभएसम्म पोष्टमार्टम नगर्ने पीडित परिवारले अडान राखेका छन् । मृतकका आफन्त, राजनीतिक दलहरु जिल्ला प्रशासन कार्यलयमा वार्तामा जुटेका छन् ।

No comments:
Post a Comment