Thursday, August 18, 2016

चुम्बनका राम्रा र नराम्रा असरहरु



चुम्बनलाई प्रेम आर्कषणको प्रतिक मानिन्छ यो एउटा त्यस्तो प्रतिक हो जसले आपसी सम्बन्धलाई जोडिराख्न महत्वपूर्ण भूमिका खेल्छ तर के तपाईलाई थाहा , एक किसले तपाईमा ८० लाख ब्याक्टेरिया एकसाथ सार्न सक्छ
नेदरल्याण्डस्मा वैज्ञानिकहरुले गरेको एक रिसर्च सर्वेले एक व्यक्तीले अर्को व्यक्तिलाई किस गर्दै गर्दा १० सेकेन्डमा करोड ब्याक्टेरिया आदन प्रदान हुने बताइएको अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्चका अग्रणी लेखक रेम्को कोर्ट भन्छन्, चुम्बनका दौरान दुई व्यक्तिको र्याल एकआपसमा आदनप्रादन हुन्छ
जसमा उनीहरु दुबैको मुखमा रहेको ब्याक्टेरिया पनि आदन प्रदान हुन्छ यसैकारण श्रीमान् श्रीमती वा शारिरक सम्पर्कमा रहनेहरुको मुखमा उस्तै माइक्रोब्याक्टेरिया देखिन्छ यस रिसर्चका दौरान २१ दम्पतीलाई फारम भर्न लगाइएको थियो त्यसपछि उनीहरुको किस गर्दाको बानी, उनीहरुको मुखमा पाइएका माइक्रोब्याक्टेरिया लगायतका विभिन्न विषयहरु एकआपसमा जुधाएर यस अध्ययनको नतिजा सार्वजनिक गरिएको हो अध्ययनका अनुसार मानिसको शरिरमा लगभग सय टिलियन माइक्रोअर्गानिज्म हुन्छन्
यस माईक्रोअर्गानिज्मको मुख्य काम हाम्रो खानालाई पचाउने, शरिरका लागि आवश्यक एन्जाइम्स न्यूटिएट्स बनाउने विभिन्न किटाणूको रोकथाम गर्ने हो हाम्रो मुखमा मात्रै सय प्रजातिका विभिन्न ब्याक्टेरिया हुन्छन् यस्ता ब्याक्टेरियाको काम हाम्रो पाचन प्रणालीसँग जोडिएको हुन्छ




No comments:

Post a Comment