प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका
निधि मंगलबार अपराहृन नेपाल फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले आफ्नो भ्रमणलाई भारतीय
पक्षले उच्च महत्व दिएर नयाँ सरकारलाई सम्मान गरेको बताए ।
नेपाल-भारत सम्वन्धमा बीचमा तिक्तता
देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको उनले दाबी गरे । विशेष दूत
निधिले भने, ‘नेपाल र भारतको सम्वन्ध अत्यन्तै राम्रो बनेको मैले महसुस
गरेँ । हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालजीको भारत भ्रमणमा यसको पुष्टि
हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि तीनदिने भारत भ्रमण गर्ने तय भएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
प्रधानमन्त्रीको दूतको हैसियतमा गएकाले
भारतमा आफूलाई उच्च सम्मान दिएको र उच्चस्तरको भेटघाट तथा छलफल सम्भव भएको
भन्दै निधिले बताए । उनले अघि भने, ‘दुई देशको सम्वन्ध असाध्यै राम्रो भएको
छ र म यो भ्रमणबाट सन्तुष्ट छु ।
संविधान संशोधन आन्तरिक मामिला
उपप्रधान एवं गृहमन्त्री निधिले भारतमा
संविधान संशोधनबारे नभई नयाँ सरकारको प्राथमिकताबारे मात्र छलफल भएको बताए ।
उनले अघि भने, ‘कुनै पनि छिमेकी मुलुकले नयाँ सरकारको प्राथमिकता के हो
भन्ने जान्न चाहन्छ ।’
सातबुँदे र तीनबुँदेको जगमा सरकार बनेको
भन्दै उनले संविधान कार्यान्वयन र त्यसका लागि निर्वाचन नै नयाँ सरकारको
प्राथमिकता भएको बताएका छन् ।
भारतीय अधिकारीहरुसँग अनगोइङ प्रोजेक्टबारे कुराकानी भएको उनले जानकारी दिए ।
No comments:
Post a Comment