रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का
रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै
अत्तोपतो छैन।
शुक्रवार बिहान चितवन मुग्लीन सडक खण्डको चण्डीभनज्याङ्ग ६ कालिखोला
क्षेत्रमा भएको यात्रुवाहक बस दुर्घटनामा परेर अझै ६ जनाको कुनै अत्तोपत्तो
नहुँदा मुडबलवावासी तनावमा छन्। दुर्घटनामा परी राजपुर फरहदवाका ललनकुमार
कलवार, झुनखुनवाका दिपेन्द्र सिह र सर्लाही सुदामाका राजु सिंह बेखवर छन्।
रौतहटको गौर बाट पोखराका लागी हिडेको ग १ ख ३७०१ नम्बरको यात्रु वाहक बस
शुक्रवार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो। मृतक
मध्ये १९ जनाको मात्र सनाखत भएको छ भने ३ जनाको शव चितवन अस्पतालमै रहेको
रौतहट प्रहरीले जनाएको छ।
सनाखत भएका मध्ये १९ जनाको शव रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय
रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए। ५ भारतीय यात्रु र १४ जना
रौतहटका व्यक्तिहरुको शव परिवारजनले चितवन बाट ल्याएको डिएसपी भण्डारीले
जानकारी दिदै धार्मिक परम्परा अनुसार आजै उनीहरुको जन्मथलो गाउँमा
दाहसँस्कार गरिएको छ।
यात्रु र चलाक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै
टोलका ५ जना हताहती भएपनि दुई जनाको मात्रै शव आएको र तीन जनाको अहिले
सम्म कुनै अत्तोपत्तो नहुँदा गाउँनै शोकमा डुवेको छ।
यता बस दुर्घटनामा परी ज्यान गुमाएका युवाहरुको सम्झनामा शनिवार दिउँसो १
बजे देखि ५ बजे सम्म रौतहट सदरमुकाम गौर लगायत विभिन्न बजार क्षेत्र बन्द
गरी शोक मनाएको छ। साथै रौतहटबासीहरुले नेपाल सरकारसंग मृतक परिवारलाई १०
लाख र घाईतेलाई निशुल्क औषधि उपचार गराउन माग गरेको छ।
No comments:
Post a Comment