चन्दा रे मेरे भैया से कहना बहेना याद करे ’ हिन्दी भाषाको यो गीत अचेल
मिथिलाञ्ल भरि घन्किन थालेको छ। यो गीतले के सन्देश दिन्छ भने दिदी बहिनीले
आफु भन्दा टाढा रहेका दाजु भाइलाई चन्द्रमाको मार्फत आफुले आफ्नो दाजु
भाइलाई याद गरेको छ। वर्षमा एक दिन यस्ता आउँछन जुन दिन दिदी वहिनीलाई
आ–आफना दाजु भाइको अन्त्यहिन प्रतिक्षा हुन्छ। जुन दिनलाई रक्षाबन्धन पर्व
भनिन्छ।
रक्षाबन्धनका दिन दिदी बहिनीले आफ्ना दाजु भाइलाई याद गर्ने र सोहि
अनुरुप दाजु भाइ पनि बहिनिलाई याद गरेर अनिवार्यरुपमा उनीहरु कहाँ पुगेर
आफ्ना दिदी बहिनीसंग राखि(रक्षासुत्र) बाँधेर एक अर्कालाई दिर्घायुको कामना
गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षा बन्धन पर्व भनिएको छ।
रक्षाबन्धन पर्वले भाइ वहिनीको प्रेमलाई झन प्रगाढ हुने जनविश्वास छ।
रक्षाबन्धन पर्वलाई लिएर अहिले मिथिलाञ्चल भरि नै एउटा छुट्टै उल्लास
छाएको छ । जताततै गुन्जीने भाइ वहिनीको प्रेमको प्रतिक पर्व रक्षाबन्धनको
सांगितिक धुन र ती धुनमा रमेका भाइ बहिनीहरुको मनमा एउटा छुट्टै उत्साहको
सञ्चार भएको देखिन्छ।
महोत्तरी लगायत मिथिलाञ्चल भरिका सम्पूर्ण ग्रामीण तथा शहरी क्षेत्रका
बजारमा जताजततै रंगिचगी राखि विक्रि गर्नेहरुलाई भ्याइनभ्याई छ । दिदी
बहिनीलाई भने आ आफना भाइको लागि सुन्दर र आर्कषक राखी खरिद गर्ने चटारो
लागेकोले राखीका पसलहरुमा दिदी वहिनीहरुकै भिड देखिएको छ।
गत वर्ष मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको कारण
खल्लो भएको रक्षा बन्धन पर्व यस वर्ष राजीतिक परिवेश फेरिएर सामान्य भई
सकेकाले उल्लास दोब्बर भएको जलेश्वर १५ सुगाभवानिपटि घर भएकी ममता कुमारीको
भनाई छ।
पोहर साल बन्दको बेला नै रक्षा वन्धन पर्व परेकाले यातायात नचलेपछि धेरै
दिदी वहिनीले यो पर्व मनाउन पाएका थिएनन्। त्यहि भएर पोहरको खुशियाली पनि
यसपालिकै रक्षाबन्धन पर्वमा दोहरो खुशिका साथ मनाउने तयारीमा यहाँका
दिदीवहिनी तथा दाजुभाईहरु रहेको ममताले बताईन।
सत्ययुगमा तीनै लोकका अधिपति रहेका दानव राज बलीलाई उनका बहिनीहरु गंगा र
यमुनाले युद्धमा जानु अघि बिजयको कामनासाथ हातमा रक्षाबन्धन (रक्षाकवच)
बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक बर्षको साउन
शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बृद्धिको कामना
गर्दै राखि बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनबिश्वास छ।
दिदीवहिनी विहानै देखि नुहाईधुवाई गरि रेसमको धागोले बनेको रंगी चंगी
राखिहरु थालमा सजाएर आ –आफना दाजु भाइको दाहिने हातमा राखि बाँधेर मिष्ठान
भोजन खुवाएर दाजुभाइको दिर्घआयुको कामना गर्दै रक्षा बन्धन पर्व मनाईने
परम्परा रहेको छ। यसरी राखि बाँधेपछि भाई बहिनीको प्रेमसम्बन्ध बढने
धामिर्क विश्वास समेत रहिआएको छ ।
यता सत्ययुगमा दानवद्वारा लेखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा
विधान तयार गरी डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा चलेको रक्षा
बन्धनको परम्परा आज पनि प्रचलित भेटिएको पाइन्छ।
मानव रक्षाका लागि जप ,तप र पुजा गरी मन्त्रिएको रक्षा बन्धन बैदिक
परम्परा अनुसार मन्त्रोचारण गर्दै रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले
‘ येन बदधो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा
चलमा चल ’ भनी यजमानको नाडीमा रक्षा सुत्र बाध्दै रक्षा बन्धन पर्व मनाईने
गरिन्छ।
त्यस्तै रक्षा बन्धकै दिन तागाधारीले जनै अर्थात यज्ञोपवित समेत फेर्ने
गर्छन। जनैका दुई शिखा मध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा ,
विष्णु र महेश्वरको प्रतीकको रुपमा पूजिएको र अर्को डोराको तीन शिखालाई
कर्म , उपासना र ज्ञानको त्रियोगको रुपमा मान्दै पूजापाठ गरि जनै फेर्ने
गरिन्छ।
No comments:
Post a Comment