निन्द्रालाई प्राथमिकतामा
राख्नु र ७ देखि
९
घण्टासम्म आँखा बन्द गरेर
पल्टनु फरक विषय हो
।
समयमा सुत्न सक्ने क्षमता,
निदाउन सक्ने बानी र
निदाएको समयमा निकै आनन्द
महसुस गर्ने र बिहान
उठ्दा निन्द्रा पुगेको प्रत्याभूमि
गर्ने बानी विकास गर्न
तपाईंले अपनाउने तरिकाहरुले महत्वपूर्ण
भूमिका खेलेका हुन्छन् ।
कसैले आनन्द दायक निन्द्रा
बिताएका हुन्छन् त कोही
निदाउनकै लागि संघर्ष गरेका
हुन्छन् । तपाईलाई राम्रो
निन्द्रा लाग्दैन भने यी
९
कारण त्यसका दोषी हुनसक्छन्
।
१. तपाई खाना
खाँदा कहिले बढी र
कहिले कम खानुहुन्छ ।
हरेक रात समयमै खाना
खाने लक्ष्य बनाउनुस् ।
कहिले बढी र कहिले
कम
खादाँ समस्या देखिन सक्छ
।
त्यसैले निद्रा लाग्दैन भने
ठिक्क खाने गर्नुस् ।
स्वस्थ्य खानपिन गर्नुस् ।
२. तपाईलाई कार्यालयको
कामको चिन्ता हुनसक्छ ।
कार्यालयबाट हाकिमले म्यासेज
गर्लान् भनेर आफ्नो स्मार्टफोनमा
म्यासेज कुर्ने बानी छ
भने तत्काल त्याग्नुहोस्
गहिरो सास लिएर सोच्नुहोस्
आजको काम भोलि पनि
हुनेछ ।रातीको समय केवल
तपाईंका लागि हो ।
फोन साइलेन्स गर्नुहोस् र
आफ्नो समय बिताउनुहोस् ।
३. दिनभरको कामबाट
थकान मार्न कक्टेल सेवन
गर्नुहुन्छ भने याद
राख्नुहोस् धेरै रक्सी
खादा तपाई निदाएजस्तो देखिएपनि
तपाईको निद्रा पुगेको हुदैँन
।
बरु तपाईको निन्द्रा उल्टो
बिग्रिएको हुन्छ । अल्कोहलको
सट्टा बरु प्रत्येक स्न्याक्ससँग
पानी सेवन गर्नुहोस् ।
४. आफ्नो माया
गरेको मानिससँग झगडा गरेर
सुत्न जानुहुन्छ भने निन्द्रा
अवश्य पर्दैन किनकि रिसका
साथ आनन्दले सुत्न सकिन्न
।
धेरै सोच्दा तनाव बढ्छ
।
तपाईंको शरिरले निन्द्रा मागिरहेका
बेला तपाई गहिरो सोचमा
हुनुहुन्छ भने त्यतिबेला मानसिक
रुपमा तपाई निदाउन सक्नुहुन्न
।
त्यसैले समस्याहरु समाधान गर्दै
लैजानुहोस् । त्यस्तो
हुनसके तपाई बिहान आरामले
उठ्न सक्नुहुन्छ ।
५. टिभी हेर्ने
बानीले पनि निन्द्रा पर्दैन
।
तपाई ३० मिनेट टिभी
हेर्छु भन्दा ३ घण्टा
लाग्नसक्छ । कहिलेकाँही निश्चित
समयको सिरियल हेर्नु अलग
विषय रह्यो । तर
बेडरुममा आफ्नो ध्यान भंग
गर्ने त्यस्ता आर्कषित सामान
नराख्दा राम्रो ।
६. कफी सेवनले
तनाव हटाउने भएपनि राति
कफी सेवन गर्दैमा निद्रा
लाग्दैन । बरु रातीको
समयमा हर्बल चिया वा
पानी सेवन गर्दा राम्रो
।
कफिको स्वाद मिठो भएपनि
यसले तपाईलाई निन्द्रा नपर्न
सक्छ ।
७. तपाईलाई सामाजिक
सञ्जाल वा अनलाईनमा आएका
सामाग्री राम्रो लाग्नसक्छ ।
तर
रातीको समय त्यस्तो विषयमा
सोच्दा निन्द्रामा प्रत्यक्ष असर
गर्नेछ । विशेषगरी टिनएजका
मानिसमा देखिने समस्या हो
यो
।
पछिल्लो सर्वेक्षणले बेडरुममा स्मार्टफोन
प्रयोग नगर्नेहरुले मिठो निन्द्रा
निदाउन सक्ने जनाएको छ
।
८. तपाईले अचम्मलाग्दो
उपन्यास पढ्दा पढ्दै निदाउन
सक्नुहुन्छ भने राम्रो
विषय हो । तर
केही उपन्यास विषेशगरी थ्रिलर,
इमोशन र विचारोत्तेजक
सामाग्रीहरु समेटिएका उपन्यासले
त्यसैमा सोच्न बाध्य बनाउन
सक्छ । जसका कारण
तपाईले आनन्द पाउनुको सट्टा
त्यसैमा डुबेर आफ्नो निन्द्रा
गुमाउन सक्नुहुन्छ ।
९. भिटामिनको सेवन
गर्नु नराम्रो नहोला ।
तपाईको शरिरले भिटामिन सेवनबाट
पर्याप्त फाइदा लिइरहेको हुनसक्छ
।
तर
तपाईको प्राकृतिक रुपमा सुत्नेचक्रलाई
यसले असर गर्नसक्छ ।
बरु तपाईले सुत्नका लागि
र
विभिन्न तनाव हटाउन ध्यानको
सहायता लिदाँ राम्रो होला
।
No comments:
Post a Comment