प्रमुख प्रतिपक्षी नेकपा एमालेले अब हुने स्थानीय, प्रदेश र संघीय तहको
निर्वाचन वहुमत हासिल गर्ने गरी पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको स्थायी समितिको बिहीबार बसेको बैठकले पार्टी नेतृत्वको
अघिल्लो सरकारको कामको समीक्षाका क्रममा बहुमत नहुँदा सरकार ढलेको र
समृद्धिसँग जोडिएका विषय अलपत्र पर्ने अवस्था बनेको निष्कर्षसहित अब हुने
निर्वाचनमा बहुमत हासिल गर्ने गरी पार्टी पंक्ति परिचालन गर्ने निर्णय
गरेको हो।
बैठकले रेलमार्ग निर्माण लगायतका दीर्घकालीन महत्वका योजना कार्यान्वयन
गर्न सरकार ढल्न दिन नहुनेमा नेकपा माओवादी केन्द्रले सरकार छोड्ने अवस्था
आउनुलाई पार्टीको कमजोरीका रुपमा स्वीकार गरेको छ।
माओवादी केन्द्रसँगको गठबन्धन सुदढ तुल्याउन नसक्दा सरकार ढलेको
निष्कर्षसहित त्यसलाई आन्तरिक समीक्षाको विषय बनाइ अब हुने तिनै तहका
निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी खटिने निर्णय गरेको प्रचार
विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
बैठकले गठबन्धन जोगाउन नसक्नुलाई कमजोरीका रुपमा स्वीकार गरेपनि भारतको
नाकाबन्दी र मधेशवादी दलको आन्दोलनबीच राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिई
दीर्घकालीन महत्वका योजना अगाडि सारेर अघिल्लो सरकारले गर्ववोध गर्ने
अवस्था सिर्जना गरेको निष्कर्ष समेत निकालेको छ।
बैठकले प्रदेश कमिटीका संयोजक तोक्ने विषयमा भने कुनै निर्णय गरेको छैन। बैठक शुक्रबार पनि बस्ने छ।
No comments:
Post a Comment