Sunday, August 21, 2016

संविधान संसोधन नेपालको आन्तरिक मामिला हो : उपेन्द्र यादब

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले नेपालको संबिधानमा गर्ने संसोधन कुनै पनि बिदेशीको चासोको बिषय नभएको बताएका छन् ।
संबिधान निर्माण र संशोधन नेपाली जनताको आन्तरिक मामिला भएकाले यसमा कुनै पनि देशले अनाबश्यक चासो लिन नहुने यादबको कथन छ ।
सप्तरीको राजविराजमा सोमवार संचारकर्मीसित कुरा गर्दे यादबले बर्तमान सरकार गठन भएलगत्तै दुईवटा उपप्रधानमन्त्रीलाई बिशेष दूत बनाई भारत र चीन पठाउनु गलत कार्य भएको बताए ।
‘दुई उप प्रधानमन्त्रीलाई भारत र चिन पठाउनु केटाकेटीपना हो’ यादबले भने, ‘कुटनीतिक च्यानलवाट हुने काममा मन्त्री पठाएर सरकारले बैदेशिक समबन्धमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।’
चीन र भारतमा उपप्रधानमन्त्रीलाई बिशेष दूत वनाएर पठाउनुले या त छिमेकीको नेपालमाथि बिश्वास नभएको या त नेपालको छिमेकीमाथि बिश्वास नरहेको पुष्टी भएको यादबले आरोप लगाए ।
‘हामीले कस्तो गरी संविधान संशोधन गर्छो, यो हाम्रो आन्तरिक मामिला हो’, यादबले भने, ‘यसमा कुनैपनि देशले अनाबश्यक चासो नलिए हुन्छ ।’
पूववर्ती एमाले नेतृत्वको सरकारले सत्ता कब्जा गर्न खोजेपछि सरकारको बिकल्पमा आफूहरु उभिएको उनले प्रष्टीकरण दिए ।
‘न्यायपालिकामा नेता कार्यकर्ता भर्ती गरे’, यादबले भने, ‘एमाले नेतृत्वको सरकारले न्यायपालिकालाई पनि स्वतन्त्र रहन दिएन ।’
न्यायपालिकालाई कार्यपालिकाले निर्धारण गर्न थालेकाले स्वतन्त्रतामाथि धब्बा लागेको उनको भनाई छ ।
यस्तै, राजदूत नियुक्तीको प्रक्रियामा पनि पूर्ववर्ती सरकारले एकलौटी गर्न खेजेको र समावेशी समानुपातिकलाई ख्यालै नगरेको यादबले आरोप लगाए ।
छलछाम र जालझेल गरी ल्याइएको संविधान कुनैपनि हालतमा मान्य नहुने बताउँदै यादबले भने, ‘प्वालैप्वाल भएको कपडा लगाएर शरीर ढाक्न सकिदैन, त्यस्तै त्रुटी नै त्रुटी भएको संबिधानले देश चल्दैन त्यसकारण संविधानमा ब्यापक संसोधन गरी पुनर्लेखन आवश्यक छ ।’

No comments:

Post a Comment