तराई
मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशन सम्पन्न भएको करिब डेढ महिनापछि
केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । असार ६ देखि ९ गतेसम्म
नवलपरासीको रामग्राममा सम्पन्न पहिलो महाधिवेशनले अध्यक्ष, वरिष्ठ
उपाध्यक्ष र एकजना उपाध्यक्ष सहित केही आरक्षित कोटाका केन्द्रीय सदस्य
मात्र निर्वाचित गर्न सफल भएको थियो ।
विभिन्न पदहरुमा प्रतिस्पर्धीको संख्या धेरैभएपछि बन्द सत्रले निर्वाचित पदाधिकारी र सदस्य छान्ने जिम्मापनि पार्टी अध्यक्ष महन्थ ठाकुर लाई दिएको थियो । महाधिवेशनले अध्यक्षमा ठाकुर, वरिष्ठ उपाध्यक्षम हृदयश त्रिपाठी र उपाध्यक्षमा वृषेशचन्द्र लाललाई निर्विरोध निर्वाचित गरेको थियो । महाधिवेशनले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष ठाकुरले अर्का उपाध्यक्षमा सर्वेन्द्रनाथ शुक्ललाई मनोनित गरेका छन् । यसअघि उनी महामन्त्री थिए । त्यस्तै निर्वाचित भनिएको महामन्त्रीमा कपिलवस्तुका वृजेशकुमार गुप्ता र सर्लाहीका जंगिलाल रायलाई ल्याएका छन् । मनोनित गरिने एक महामन्त्री पद अझै रिक्त छ । त्यस्तै निर्वाचनबाट आउने दुई सहमहामन्त्री पदमा क्रमशः जयप्रकाश ठाकुर र राकेश मिश्र आएका छन् । सह महामन्त्री तर्फको पनि मनोनित एक सिट रिक्त छ । कोषाध्क्षको जिम्मेवारी अनिता यादवले पाएकी छन् । यसअघि महामन्त्री रहेका जितेन्द्रप्रसाद सोनारलाई मर्यादाक्रममा सह महामन्त्रीपछिको पहिलो सदस्यमा राखिएको छ । अध्यक्ष ठाकुरले ५८ सदस्यीय निर्वाचित र १६ जना मनोनित सहित ७४ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।

No comments:
Post a Comment