संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा
बुधबार बसेको गठवन्धनको बैठकले सहिद घोषणासहितका मन्त्रिपरिषदबाट
गर्नुपर्ने निर्णयहरु दुई दिनभित्र सक्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘यो काम सात दिनभित्र गर्ने भनिएको थियो । आज छैटौं दिन हो,’ रामसपाका
महामन्त्री केशव झाले भने, ‘अब दुई दिनभित्र सक्न सरकारलाई भनेका छौं ।’
मृतकका नामहरु गृह मन्त्रालयले आफ्नो
च्यानलबाट संकलन गरिरहेको छ भने मधेसी मोर्चाले पनि आफ्नो स्तरमा संकलन
गरेको जनाएको छ । अब यो सरकारलाई बुझाउने र मन्त्रिपरिषदबाट छिट्टै निर्णय
गर्न आग्रह गर्ने सहमति भएको झाले बताएका छन् ।
मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु
गरेपछि संविधान संशोधनका लागि प्रक्रिया थाल्नुपर्ने गठवन्धनको जोड छ । ‘एक
साताभित्र मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु गरेर अर्को साताबाट
संविधान संशोधनबारे छलफल गर्ने भन्ने थियो,’ मोर्चाका नेता झाले भने, ‘यसका
लागि सरकारलाई दबावमुलक रुपमा ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’
स्थानीय तह पुनर्संरचनाको काम रोक्न माग
संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ ।
आयोगको काम पूर्वाग्रही रहेको भन्दै
गठवन्धनले यसअघि नै काम रोक्न माग गरेको थियो । तर, अहिलेसम्म काम जारी
राखेको भन्दै बुधबारको बैठकले सरकारलाई नै आग्रह गरेको छ ।
राजेन्द्र महतो र अनिल झा अनुपस्थित
गठवन्धनको बैठकमा सदभावना पार्टी र नेपाल
सदभावना पार्टीका नेताहरु भने अनुपस्थित रहेका छन् । सदभावनाका अध्यक्ष
राजेन्द्र महतो हुन् । संघीय गठवन्धनले खुलामञ्चमा गरेको रिले अनसनमा पनि
उनी सहभागी थिएनन् ।
बुधबारको बैठकमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीका नेताहरु पनि अनुपस्थित रहेको नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment