करिव ३५ घण्टापछि नेपाल टेलिकमको रिचार्ज
नहुने समस्याको समाधान भएको छ । टेलिकमको रिचार्ज प्रणालीमा शनिबार बिहान
करिब ५ बजेदेखि समस्या आएको थियो । आइतबार दिउँसो करिब ३ बजेपछि भने
रिचार्ज नहुने समस्या हटेको हो ।
टेलिकमले नमस्ते र एनटी नामक दुईखाले रिचार्ज प्रणाली अपनाउँदै आएको छ । नमस्तेमा समस्या नभएपनि एनटी रिचार्ज प्रणालीमा भने समस्या देखिएको थियो । नमस्तेबाट रिचार्ज गर्दा ग्राहकले स्टार ४११ स्टार पिन कोर्ड र ह्यास दबाएर रिचार्ज गर्न गर्नुपर्छ भने एनटीमा ४११ को स्थानमा ४१२ डायल गर्नुपर्छ ।
यसैगरी आइभिआर १४१५ मार्फत हुने रिचार्जमा समेत समस्या देखिएको थियो ।
एसिया इन्फो लिङ्कले* यो प्रणालीको प्राविधिक पाटो हेर्दै आएको छ । लिङ्कले प्रणाली अपग्रेड गर्ने क्रममा प्राविधिक गल्ति गरेकाले समस्या भएको टेलिकमले जनाएको छ । आइतबार अपरान्ह टेलिकमले निकालेको विज्ञप्तीमा लिङ्कको नाम नलिइकन रिचार्ज प्रणाली अपग्रेड गर्ने क्रममा समस्या भएको उल्लेख छ । लामो समयसम्म रिचार्जमा समस्या हुँदा टेलिकमको जिएसएम मोबाइल सेवामा आवद्ध १ करोड २२ लाख ग्राहक प्रभावित भएका थिए ।

No comments:
Post a Comment