नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ
महाधिवेशनको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
उद्घाटन गरेका छन्। अनसन र विवादकाबीच नेपाली कांग्रेसको विद्यार्थी
संगठनको चुनाबी महाधिवेशन सुरु भएको हो।
मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली
काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन साउन २५ गतेसम्म
राजधानीको भृकुटीमण्डपमा चल्ने छ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) को एकीकरणपछि विसं
२०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी
नेता/कार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन्। महाधिवेशनमा मुलुकभरका
करिब तीन हजार ४०० प्रतिनिधि सहभागी भएको सङ्घले प्रवक्ता युपी लामिछानेले
जानकारी दिए।
उद्घाट्न समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम्
गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव , भौतिक पूर्वाधार
तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान
सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता
तथा सङ्घका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु
शुभकामना दिन सहभागी भएका थिए।
महाधिवशेनको उद्घाट्न भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद
कायमै छ। विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद
मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ,
सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम
चरणमा छ।
No comments:
Post a Comment