काठमाडौं- सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार
पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ । यस वर्ष
कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा
२९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीण भएका छन्।
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार यस वर्ष ७३.७७ प्रतिशत
विद्यार्थी पास भएका हुन् । जुन गत वर्षको भन्दा २.१२ प्रतिशतले बढी हो ।
गत वर्ष विज्ञान संकायमा ७१ .६५ प्रतिशत मात्र विद्यार्थी पास भएका थिए ।
यसैगरी आंशिक तर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिक
तर्फ ९ हजार ७ सय ८१ विद्यार्थी सहभागि रहेकोम ४ हजार ४ सय १४ उत्तीर्ण
भएका हुन् ।
आइतबार साँझ शिक्षा सचिव डिल्लीराम रिमालको अध्यक्षतामा बसेको परीक्षा
संचालक समीतिको बैठकले नतिजा सार्वजनिक गरेको हो । ‘बाकी रहेको
ब्यवस्थापन,शिक्षा र मानविकी संकायमो नतिजा परीक्षा बोर्डले भदौं १५ भित्र
सार्वजनिक गर्ने तयारी गरेको छ,’नियन्त्रक अर्यालले भने‘त्यही अनुसार हामी
सबै लागि परेका छौं।
No comments:
Post a Comment