Tuesday, August 2, 2016

प्रधानमन्त्री ओलीले आजै सरकारी निवास छोड्ने

प्रधानमन्त्री केपी शर्मा ओली बुधवार नै सरकारी निवास बालुवाटार छोड्ने भएका छन्। 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार मुलुकको ३९ औँं प्रधानमन्त्रीमा निर्वाचित हुने भएपछि ओलीले सरकारी निवास बालुवाटार छोड्ने भएका हुन्।   
ओली संसद बैठकबाट प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भए लगत्तै भक्तपुरको बालकोटस्थित निजी निवासमा फर्किने उनका स्वकिय सचिव रमेश आचार्यले जानकारी दिए। आचार्यका अनुसार संसद बैठकपछि ओली सिधै बालकोटस्थित निवास फर्किने छन्। 
कांग्रेससहितका दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का पक्की छ। ओली नेतृत्वको दल नेकपा एमालेले भने जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गर्दै प्रचण्डको विपक्षमा मतदान गर्नेछ। 
 

No comments:

Post a Comment