Tuesday, August 2, 2016

यस्तो छ ‘मिनी’ स्कर्टको ५० वर्षे इतिहास, कहाँबाट सुरु भो छोटा कपडाको चलन ?



महिलाहरुको यो छोटो पहिरन फेशन मात्र होइन, यो स्वतन्त्रता फेमिनिज्मको पनि प्रतिक हो कयौ परम्परावादी मिनी स्कर्टलाई अभद्र अश्लील पनि भन्ने गर्दछन् जे होस्, २०औं शताब्दीको संस्कृतिमा यो अन्दाज पनि स्थापित भइसकेको छ।
पश्चिमी समाजमा यो निकै प्रचलनमा तर, पूर्वीय संस्कृति अर्थात दक्षिण एसियाली क्षेत्रका कयौ देशका युवतीहरुलाई मिनी स्कर्ट लगाएको देख्नु सहज विषय होइन अहिले पनि यस्ता स्कर्ट लगाएका कुनै पनि युवतीलाई घुरेर हेर्नेहरुको संख्यामा कमी छैन
कतिले अहिले पनि मिनीस्कर्ट लगाउनुलाई आधुनिकताको प्रतिक मान्ने गरेका छन् तर तथ्य के हो भने यसको चलन ५० वर्ष पहिलानै सुरु भएको थियो लण्डनका डिजाइनर क्वांटले सन् १९६४ मै आफ्नो मोडलका लागि मिनीस्टर्क डिजाइन प्रस्तुत गरेका थिए क्वांटले आफ्नो मनपर्ने सानो कारआस्टिन मिनीको नामबाट यसलाई पनि मिनीस्कर्ट नाम राखेको मान्ने गरिएको छ।
सन् १९६० को दशकमा पातलो हात, खुट्टा भएकी लण्डनकी चर्चित मोडल लेस्ली लासनलाईट्वीगीउपनामले पनि चिन्ने गरिन्थ्यो मिनी ड्रेस लगाउने उनलाई पछि अभिनेत्री गायिकामा रुपमा पनि चिन्न थालियो
मिनीस्कर्टमा स्ट्रीट फेशन, साठीको दशकमा लण्डनमा युवतीहरुले छोटो स्कर्ट लगाउन सुरु गरे केही वर्षमै यो स्ट्रीट फेशन बन्यो
६० ७० को दशकमा अमेरिकाकी चर्चित फेमिनिस्ट, पत्रकार तथा सामाजिक कार्यकर्ता ग्लोरिया श्टाइनेमले महिला अधिकारका लागि निकै संघर्ष गरिन् उनी मिनीस्कर्ट लगाएर त्यसलाई सम्मानजनक स्थान दिलाउने केही चर्चित व्यक्तिहरुमध्येकी एक हुन्
कोलम्बियाकी गायिका शकिराका प्रशंसक संसारभर छन् अहिले पनि जब उनी मिनीस्कर्ट लगाएर स्टेजमा उत्रन्छिन् तब ५० वर्ष पूरानो मिनीस्कर्टको फेशनले नयाँ आयाम प्राप्त गर्ने गर्दछ एजेन्सी





No comments:

Post a Comment