नेपाल परिवार दलले प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका एकमात्र
उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको
पक्षमा मतदान गर्ने भएको छ। संसदमा परिवार दलका दुई सांसद छन्।
दलको बुधबार बिहान पार्टी केन्द्रीय कार्यलयमा बसेको उपत्यकामा उपलब्ध
केन्द्रीय सदस्यहरुको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको
नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र पक्षमा मतदान गर्ने निर्णय गरेको
अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।
बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा जानुर्छ भन्नेमा जोड दिएपछि
परिवार दलले सरकारमा सहभागी हुने निर्णय लिएको ढकालले बताए। माओवादी
केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।
No comments:
Post a Comment