Tuesday, August 9, 2016
मधेस केन्द्रित दलसंगलाई सरकारमा ल्याउने वातावरण बन्दै
जनकपुरधाम । केपी शर्मा ओलीकोको विरुद्धमा लगाइएको अविश्वास प्रतावमाथि बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफु संविधान स्वीकार नगरेको र त्यो नश्लवादी संविधानमा सुधार नगरिएको अवस्थामा त्यसलाई कुनैपनि हालतमा स्वीकार समेत नगर्ने बताएका थिए । तर काग्रेसको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मतदान गर्ने क्रममा मधेसी मोर्चासंग दुई पार्टी बिचमा तिन बुन्दे सहमति भएको थियो । सहमतिको आधारमा अहिले सरकारले पहिले चरणमा सहमतलिाई कार्यान्वयन गरेपछि मोर्चालाई सरकारमा सहभागि हुने वातावरण मात्रै बनेको छैन ।सरकारप्रति उनिहरुको विश्वास समेत बढेको छ ।
मन्त्री परिषदले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई एक साता भित्र प्रतिपरिवार १० लाख राहत दिने निर्णय गरेको छ । घाइतेको उपचार खर्च बिल अनुसार भुक्तानी गरिने छ ।
मन्त्री परिषदको शुक्रवार बसेको बैठकले आन्दोलनको क्रममा पक्राउ परेकाहरुको मुद्दा फिर्ताका लागि प्रस्ताव तयार गर्न गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ।गृह मन्त्रालयले १९ घाइते मध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैया भुक्तानी दिईसकेको छ। गत ३० फागुनमा गृह मन्त्रालयले उपचार खर्च दिने सहमति गरेपछि मन्त्रीपरिषदले निर्णय गरेको थियो । रकम निकासाका लागि चैत्रमा अर्थ मन्त्रालयमा फाइल पुग्यो । त्यस अनुसार रकम निकासा भएपछि मोर्चाले उपचारको क्रममा घाइतेहरुको नाम उपलब्ध गराए अनुसार नै सरकारले भुक्तानी दिएको थियो । १९ मध्ये मोर्चाका ६ नेता कार्यकर्ताले ६लाख ६९ हजार २सय ५ रुपैया रकम मात्र बुझन बांकी थियो । सरकारको यस कदमबाट सरकारमा मोर्चालाई समेत सहभागि हुने वातावरणको निर्माण गरेको छ । स्रोतका अनुसार मोर्चाका नेताहरुसंग तत्कालै सरकारमा सहभागि हुने विषयमा छलफल भईरहको छ। संविधान संसोधन लगायतको विषयमा भने पछि विस्तारै कार्यान्वयन गरिने मौखिक सहमति भएको छ । यसले समेत मोर्चाका नेताहरु बिचमा अब केही प्राविधिक विषयहरु मात्रै मिलाउन बांकी रहेको कारणले उनिहरु समेत सरकारमा सहभागि कसरी गराउने विषयमा छलफल भएको छ । स्रोतका अनुसार शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेर बहादुर देउवा बिचमा भएको छलफलमा समेत यसै विषयमा छलफल केन्द्रित भएर भेटवार्ता भएको छ । देउवा संग मन्त्रीपरिषद विस्तार मधेसी मोर्चासंग भएको तीन बुन्दे सहमति र काग्रेस माओवादी केन्द्र बिच भएको सात बुन्दे सहमतिलाई कार्य तालिका बनाएर कार्यान्वयनमा लैजाने बारेमा छलफल भएको स्रोतले जनाएको छ।
मोर्चाका कतिपय नेताहरु भने अहिलेको साझेदारीबाट असंतुष्ट भने देखिदैनन ।तर उनिहरुले वाध्यतावश साझेदारी गरेर अगाडि बढनुपरेको वाध्यताहरु सुनाउने गरेका छन । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद बृजेशकुमार गुप्ताले भन्छन –आन्दोलनबाट प्राप्त उपलब्धीलाई सरकारले आत्मसात गर्नु पर्छ भनेर समझदारी गरिएको हो । यो समझदारी गर्नु हाम्रो वाध्यता पनि हो । मोर्चाको अहिलेको अवतरणलाई कतिपयले आन्दोलनको अवसानको रुपमा समेत हेर्न गरेका छन । तर सदभावना पार्टीका सह अध्यक्ष एवं मोर्चाका नेता लक्ष्मण लाल कर्णले भने अहिलेको सहमतिले मधेस आन्दोलनको अवतरण भएको छैन । अवतरणको लागि प्रतिवद्धता जाहेर गर्ने काम गरेको छ ।
सरकारको अगाडि समेत मोर्चासंग गरिएको सहमतिलाई कार्यान्वयन गर्नु चुनौती पुर्ण रहेको छ। सहमतिलाई कार्यान्वयन नगरिएको अवस्थामा संविधान कार्यान्वयन गराउने समेत कम चुनौती भने छैन । वर्तमान सरकारमा उप प्रधानमन्त्री एवं गृहमन्त्री बनेका विमलेन्द्र निधि भन्छन– आन्दोलनरततराई मधेस थारु आदिवासी जनजातिले उठाएका मांगलाई सम्बोधन गर्न संविधानमा आवश्यक संसोधन गरि संविधान सर्वस्वीकार्य बनाउने दिशामा यो सरकारले प्राथमिकता दिएको छ।
संसदका श्रीमान मोर्चासंग आक्रोसित
सदभावना पार्टीबाट सांसद बनेकी माधवी रानी साहका श्रीमान रमेश साह भने अहिले मधेसी मोर्चाको आलोचना गर्न थालेका छन । गत संविधान सभाको निर्वाचनमा खुलेयाम रुपमा सदभावना पार्टीका उम्मेदवार संजय साहको पक्षमा मत मागेका साह भने अहिले मोर्चा प्रति आक्रासित बनेका छन । मोर्चाले विगतमा गरेको आन्दोलनमा समेत सहभागि नभएको माधवीको आलोचना समेत पार्टी विभिन्न ठाउमा भएको थियो । तर रमेशको निर्देशनमा नै उनि आन्दोलनमा मात्रै हैन विद्या देवि भण्डारीलाई समेत मत हालेको बताइएको छ। अहिले समाजिक संजालमा मोर्चाको विरोध गर्न थालेका छन रमेश ।समाजिक संजालमा रमेशले लेखेका छन–राना काल,शाह बंश देखि हाल सम्म यश देश मा मधेसी हरु लाई बन्धुवा मजदुर जस्तै,व्यवहार र बर्शौ देखि अन्याय र अत्याचार भोग्दै,आफ्नो अधिकार को लागि निरन्तर सङ्हर्श गर्दै आयेको छ?तर दुर्भाग्य मधेस र मधेसी हरु को,बिगत का सम्पुर्ण मुख्य ,मुख्य एजेन्डा हरु छोडेर ,साना तिना कुरा हरु मा सम्झौता गर्नु ,यो भन्दा अरु के बिदम्ब्ना हुन सक्छ?
त्यसैगरि उनले अर्को फेसबुक स्टेटसमा लेखेका छन–ताड के पेड से गिरे और खजुर पे आकर अटके?सवाल यो छैन कि सरकार कसको बन्दै छ?वा कसको ढाल्दै छ? बेल पका तो कौवे का बाप का क्या? सरकार मा सामेल हुन यी सबै बहानाबाजी छ?सबै लाई हतार पो रहेछ?मधेसी दल बाबुराम को पाला मा पनि सरकार मा सामिल थियो,के पायो,धोका को अलावा केही पायेन,सत्ता को संवाद च्खायेर मस्त निन्द्रा मा सुताइ दिन्छ,बिस्तारै सबै मुद्दा आफै सेलाउ छ? अहिले पनि बेला छ,पछि जति जे कुकर्म गरे पनि अहिले पनि सचेत हुन जरूरी छ।सरकार मा सामेल न भइ ,सदन भित्रै हाम्रो असल मित्र को छ र असल सत्रु को छ?पहिचान गर्न जरूरी छ।
त्यसैगरि गृहमन्त्री बनेका विमलेन्द्र निधिलाई समेत आफनो समाजिक सन्जाल मार्फत नै बधाई दिनुलाई समेत कतिपयले रहस्यको रुपमा लिने गरेका छन । निधिलाई बधाई दिदै रमेशले लेखेका छन–मिथिला पुत्र बिमल निधि लाइ बधाई एबम शुभकामना साथै उहाँ लाई यश अभियान मा सघाउने मधेसी मोर्चा तथा संघीय गठबन्धन का नेता ज्यु हरु लाई पनि धेरै धेरै बधाइ।
जय प्रकास गुप्ताको यस्तो धारणा
मधेसी मोर्चाले घोर अनैतिक, अतार्किक र जनता प्रति कृतध्न कार्य गरेका हुन !
मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यस तीन बुँदे समझदारीका बिषयहरू केलाउनु आवश्यक छैन ।
यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेसी जनता प्रतिको घोर कृतध्न कार्य हो । तराई मधेस राष्ट्रिय अभियानले यसलाई मधेसीको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य मान्दछ ।
मोर्चाको यस कूकार्यले मधेस आन्दोलनमा शहीद भएका र घाईते पिडीतहरूको तेजोबध गरिएको ठान्दछ । तमरा अभियान मधेसी मोर्चाको यस दुष्कार्यका प्रति अफशोच व्यक्त गर्दछ ।
संविधान जलाउनु, संविधानको पुनर्लेखनको मांग गर्नु,अनि सोही संविधानको अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ प्रधानमंत्रीको उम्मेदवार भएका सुशील कोईरालालाई भोट हाल्नु, फेरी प्र.म. के.पी. ओली सरकारको बिरूद्ध अविश्वासको प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई वेवास्ता गरी अर्को सरकारको प्रधानमंत्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उस्को लागि मतदान गर्ने निर्णय गर्नुले नै स्पष्ट हुन्छ–कि मधेसी मोर्चा आजको दिनमा संसद भित्रको सत्तापक्ष भएको छ । नैतिकताले र संसदीय आदर्शले यही नै भन्छ । यति हुदाँहुदै मधेसी मोर्चाले आफुलाई मधेसी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानी माथीको ओभानो भन्ठान्नु हो ।
अर्थात, सम्पूर्ण रूपमा आफुलाई नग्न बनाई सकेपछि पनि बस्त्र लागाएको ठान्नु सरह हो ।
मधेसी मोर्चाको अरू थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै छ, जो चाडै देखिने नै छ । मधेसी जनताले यी सब तथ्यहरूको सही मूल्यांकन गर्नै पर्ने हुन्छ ।
यसको बस्तुनिष्ठ मूल्यांकन गरी सहीबाटो अख्तियार गरे मात्र मधेसका मांगहरू पुरा गराउने दिशामा हामी अगाडी बढन सक्छौस अन्यथा दासत्व हामीले खोजेकै बिषय एवं नियति मानिने छ । तमरा अभियान मधेसका यी मोर्चा नामधारी गद्दारहरूको अब पनि पहिचान गरी अगाडीको बाटो पैल्याउन सबै मधेसी जनसमुदायमा अपील गर्दछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment