Tuesday, August 9, 2016

निधि गृहमन्त्री बनेपछि नुन तस्कर देखि सुन तस्करहरु सल्वलाए


जनकपुरधाम । वर्तमान सरकारमा उप प्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि सपथ नखादै जनकपुरका तस्करहरु भने सक्रिय बन्न थालेका थिए । उनिहरु समाजिकमा संजालमा विभिन्न अलंकारिक शब्दमार्फत निधिको बधाई दिनमा सक्रिय भएका थिए । सपथ खाएको अर्को दिनमा प्रकासित भएको धेरै जसो पत्रिकाहरुमा दुई नम्बरी धन्दा गर्नेहरु पुरै पृष्ठको विज्ञापन पछाउन थालेका थिए । आफुले गर्दै आएको कारोवार देखि फर्मको समेत नाम दिएर जनकपुरका दुई नम्बरी व्यापारी देखि सुन तस्कर र गुठिको जग्गा कब्जा जमाएर दुई नम्बरी धन्दा संजाल गरेका समेत बधाई दिनमा क्रियाशिल देखिएका थिए ।
निधिसंग कुनै सरोकार समेत नरहेका व्यक्रिहरु समेत बधाई दिनमा क्रियाशिल देखिएका छन । मानौ उनिहरुको वर्षोदेखिको चिनजान रहेका व्यक्तिहरु निधि । जनकपुरमा गुठिको जग्गामा अवैध कब्जा जमाएर बसेका हंसराज देखि राम जानकी हस्पीटलका संजालहरुले समेत बधाई दिन थालेपछि जनकपुरको चिया पसल देखि चौक चौकमा चर्चाको विषय बनेको थियो निधि जनकपुरको तस्करहरुको लागि पो मन्त्री बनेका छन  कि क्या हो ।
धनुषाका नेपाली काग्रेसका कतिपय नेताहरु त पत्रिकाहरुको नामै तोकेर समेत बधाई दिन लगाएका थिए । नेपाली काग्रेसका कुनैपनि नेताहरुले पत्रिकामा विज्ञापन छपाएर बधाई नदिएको भएपनि जनकपुरका अवैध कारोवार गर्नेहरुको त बधाई दिनको लागि तछाडमछाड नै मचिएको थियो । तर संजोक पनि कस्तो रहियो भने निधिको बधाई दिएका हंसराजको मिठाईमा विषाद वस्तु फेला परेपछि दुई जना गम्भीर बिरामी परे । तर सर्वसाधारणहरुलाई समान्य विवादमा समेत सार्वजनिक अपराध मुद्दा दर्ता गर्नमामा बहादुरी कमाएका धनुषाका प्रहरी उपरिक्षक राम दत्त जोशी र नायव उपरिक्षक नकुल पोखरेल भने हंसराजलाई छुन समेत सकेनन । 
जानकी मन्दिर आगडीको हंशराज मिठाई पसलको मिठाई खाँदा दुई जना बिरामी परेका हुन् ।
शनिबार बिहान जनकपुर उपमहानगरपालिका–१ बस्ने विन्देश्वर साह र सन्तोष साह मिठाई खाएपछि रगत वान्ता भई बिरामी भएका हुन् ।  उनीहरुका अनुसार मिठाई खाँदै जाँदा माकुरा फेला परेको थियो । सिकिस्त बिरामी भएका दुवै जनाको उपचार जनपुरको जानकी हेल्थकेयरमा भइरहेको छ ।र उपचारको लागि काठमाडौ रेफर गरिएको छ।
मिठाई खाएर दुई जना बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालयले मिठाई पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा अखाद्य बस्तु केहि फेला नपरेको र मिठाई चेकजाँचको लागि काठमाडौं पठाउने तयारी भएको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
अर्को तर्फ गुठिको जग्गा अतिक्रमण गरेर हस्पीटल निर्माण गरिरहेका राम जानकी हस्पीटललाई काम रोक्न पुरावेलदन अदालत जनकपुरमा आदेश समेत दिई सकेको अवस्थामा तरपनि निजले अस्पताल निर्माण गरिरहेका छन। पटक पटक रोक्न आदेश दिएपनि त्यसलाई वेवास्ता गर्दै निजले अस्पताल निर्माण गरिरहेका छन । गुठिको जग्गा खाली गराउने अभियानमा लागेका स्थानिय प्रहरीले राम जानकी अस्पताललाई समेत छुन नसक्नुलाई संयोग मात्रै मान्न सकिन्न । सो संस्थाले समेत निधिलाई बधाई दिएका छन । गत मंगलवार श्रावण १८गते पुनरावेदन अदालत जनकपुरका संयुक्त ईजलास नम्बर १ का मुख्य न्यायधीश श्री पुरुषोत्तम भण्डारी र न्यायाधीश श्री प्रेम ढकालले मुद्दाको टुंगो नलागुन्जेलसम्मका लागि कार्य नगर्न नगराउन भनि जिल्ला प्रशासन कार्यालय धनुषा, जानकी मन्दिर, रामजानकी होस्पिटल प्रा.लि. लगायतका विपक्षीको नाउँमा आदेश जारी गरेको भएतापनि निर्माण कार्यलाई राति देखि नै हालसम्म निरन्तरता दिएको स्थानीय श्याम कुमार साहले बताए । अगुवा युवा सुशिल कुमार कर्ण सहितका युवाले पुनरावेदन अदालत जनकपुरमा उत्प्रेषण, परमादेश तथा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएको थियो । जानकी मन्दिरको फुलबारीमा मन्दिरका महन्थ र जानकी मन्दिर सञ्चालक समिति तथा रामजानकी हस्पिटल प्रालिसमेतको मिलोमतोमा जनकपुर वडा नम्बर ६ सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ को ०–१४–२–३ जग्गा रामजानकी हस्पिटल खोल्न ठेक्का सम्झौता गरिएको भन्दै स्थानीय यूवाहरुले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दिएको थियो । सो फुलबारीको जग्गालाई ठेक्कामा दिएर सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आस्थामा चोट पुर्याउने कार्य भएको र सार्वजनिक सम्पती अतिक्रमण हुन जाने भएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुर र सो कार्यालयका प्रमुख, सोही परिषदका अध्यक्ष, जानकी मन्दिर विकास समिति, मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जानकी मन्दिर, धनुषाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुर उपमहानगरपालिकाको कार्यालय र सो कार्यालयका प्रमुख, रामजानकी हस्पिटल प्रालिको सञ्चालक समिति, गुठी संस्थानको धनुषा शाखा कार्यालय र सो कार्यालयका प्रमुखसहितलाई विपक्षी बनाई रिट निवेदन दिइएको थियो ।

No comments:

Post a Comment