Tuesday, August 9, 2016

जनकपुरमा सक्रिय बन्दै हुण्डिको कारोवार


जनकपुरधाम । जनकपुरको शिव चौकमा  रहेको एउटा पसलमा आफुले पाएको कोर्ड नम्बर सहित पुग्दा श्याम साहले पाए ५५लाख रुपैया । पसलमा साझै छिरेपछि उनले आफुसंग राखेको कोर्ड नम्बर र नागरिकता देखाएपछि उनले सो रकम पाएका हुन । उनलाई भारतबाट एक जना कारोवारीले सो रकम पठाएका थिए ।
जनकपुरमा अहिले विस्तारै हुण्डि कारोवार सक्रिय बन्दै गएको छ । जनकपुरमा यस्तो हुण्डिको कारावार गर्नेहरुको कहा छयाप्छपापी यस्तो क्रियाकलापहरु हुने गरिएको छ । जनकपुरमा खुलेयाम रुपमा हुण्डिको कारोवार हुने गरिएको छ । तर यस विषयमा प्रहरी समेत बेखबर रहेको छ । सर्वसधारणहरु समेत बेखबर हुने गरिएको छ । उनिहरु पनि बेखबर किन नहोस सो पसलमा समानहरु अर्को पाइने तर कारोवार भने यस्तो हुने गरिएको छ । जनकपुरमा अहिले विशेष गरेर सुनचादीको कारोवार र तस्करीमा लाग्नेहरु यस्तो क्रियाकलापमा बढि सक्रिय देखिएका छन । उनिहरु यस्तो कार्यहरु बढि गर्ने गरेका छन ।
संसारको कुनैपनि कुनाबाट अवैध रुपले रकम ओसार्ने ब्याकींग कारोवार हुने गरिएको छ । यस्तो कारोवारले अहिले निकै प्रश्रय पाएको स्थानियवासीहरुको कथन रहेको छ । उनिहरुका अनुसार यस्तो कारोवार गर्नेहरुको संख्या समेत बढिरहेको छ । कि त आफै जसको रकम हो उसलाई पुग्नुपर्ने कि त कारोवारहरुले आफै घर सम्म समेत पुर्याउने गरिएको छ । जनकपुरमा अहिले हुण्डिको कारोवार गर्नेहरु बढिमा सुन तस्करहरु नै रहेका छन । उनिहरुको संग्लनतामा ने यस्तो क्रियाकलापहरु हुने गरिएको छ । तर गोप्यताको आधारमा गरिने गरिएको कारणले गर्दा खुल्ने समेत नगरिएको कारणले सबै भन्दा सुरक्षीत रुपमा अहिले हुदै आएको छ। तर हुण्डि मार्फत मोटो रकम आउने गरिएको कारणले गर्दा पाउने र दिने दुवैले गोप्य राख्ने गरेका छन । विशेष गरेर सुनचादीको कारोवार गर्नेहरु आफनो अवैध कारोवार र राजश्व छलि गर्नको लागि यस्तो क्रियाकलाप गर्दै आएका हुन । प्रहरीका अनुसार आयात,निर्यात सुनचादी पसल,विदेशी मुद्रा विनियम ,कुरियर्स टाभल्स एजेन्सी र कम्युनिकेशन सेन्टर व्यवसायहरु हुण्डिको अवैध कारोवारलाई लुकाउने कवचका रुपमा प्रयोग भईरहेका छन । धनुषाबाट भारत तर्फ भरिकाहरुले लग्ने गरेको सुनचादीहरु समेत रकम यसै मार्फत ने आउने गरिएको जानकारहरुको कथन रहेको छ । उनिहरुका अनुसार यस्तो कारोवार गर्नेहरुको संख्या समेत दिनप्रतिदिन बढिरहेको छ ।
हुण्डिको अर्थ हो साटफेर अर्थात एक ठाउको रकम अर्को ठाउमा पुर्याउनु र संकलन गर्नु । र्शत रहित शाखापत्र मार्फत हुने यो कारोवार मात्र विश्वासमा अडिएको हुन्छ। विदेशबाट फोन ईमेलको भरमा पठाएको रकम फलानोलाई दिनु भनेके भरमा करोडोको कारोवार हुने गर्छ । ब्यांकको कामकारवाही झन्झटीलो र लामो हुने भएकाले हुण्डिमार्फत दश मिनेटमै रकम पाइने र त्यो पनि बढि दरमा पाइने भएको हुण्डि प्रतिको आकर्षण बढदै गएको छ । तर हुण्डि कारोवार कानुनद्वारा वर्जित छ भन्ने चेतना विदेशमा रहेको नेपालीहरु अझ पुर्याउन नसक्नु हुण्डि कारोवार फष्टाउदै गएको स्थानियावसीहरुको कथन रहेको छ। उनिहरुका अनुसार सजिले रकम पाइने र कारोवारमा लिने र दिने दुवै बिचमा गोप्यता हुने गरिएको कारणले यस्तो कारोवार सहिजै हुने गरिएको छ।
विदेशबाट हुण्डिवालाई फोन मार्फत रकम फलानालाई दिनु भन्ने खबर आएको एक साताभित्रै सम्बन्धीतले रकम दिई सक्नु    पर्छ ।हुण्ढि संचालकल मागे अनुसारको कोड नम्बर भन्ने बित्तिकै सम्बन्धीत व्यक्तिले रकम   पाउदछ । अझ पुराना चिनजान भएकाहरुको रकम भुक्तानीको कारोवार छिटोछरितो हुने गर्छ । विश्वासका लागि पुराना ग्राहकहरुको फोटो समेत हुण्डि संचालकहरुसंग रहने गर्छ  ।नवग्राहकसंगको कारोवार भने निकै सतर्कताका साथ गरिने बताउछन । नागरिकता,पठाउनेको नाम पाउनेको नाम,कोड,फोन नम्बर मिलेपछि मात्र रकम भुक्तानी गरिन्छ । कहिलेकाही त रुपैयाको नम्बर मार्फत पनि रकमको भुक्तानी हुने गरेको छ ।
विदेशमा लगानी वा रकम सम्बन्धी कारोवार गर्दा कर तिर्नुपर्ने र कुनै सामान नेपाल ल्याउदा प्रतिपत्र खोल्नुपर्ने भएका कारणले त्यसलाई छल्न हुण्डिको प्रयोग हुने गरेको छ । मुख्य रुपमा  दक्षिण कोरिया,सिंगापुर,हंकंग,जापान,युरोपेली मुलुक र अमेरिकाबाट हुण्डिमार्फत नेपालमा रकम भित्रिने गरेको छ । गैर कानुनी रुपमा विदेशमा बस्नेहरुका लागि हुण्डि मार्फत रकम पठाउनु सबै भन्दा सजिलो मानिन्छ । पहिले खाडि मुलुकबाट समेत रकमहरु आउने गरिएको भएपनि अहिले आएर यसमा कमि आएको छ । तर अन्य देशबाट सहज रुपमा हुण्डि कारोवार गरिने गरिएको छ। तर यस विषयमा प्रहरी समेत जानकार हुदा हुदैपनि प्रहरीले पाउने गरिएको मासिक नजरानाको कारणले गर्दा अवैध कारोवार भने रोकिन सकिएको छैन । 
हुण्डि संचालकहरुले विदेशमा डलर,पाउण्ड वा युरो लगायतका विदेशी मुद्रा लिने र नेपालमा भारतीय र नेपाली रुपैया रकम भुक्तानी गर्छन । नेपाली ब्यांकमा भारुको कारोवार गर्न खासै कठिनाई नहुदा यसो भईरहेको जानकारहरुको कथन रहेको छ।

No comments:

Post a Comment