Sunday, August 14, 2016

सानेपामा प्रहरी र नेविसंघ कार्यकर्ताबीच झडप, यातायात अवरुद्ध

जारी महाधिवेशनमा निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेविसंघको असन्तुष्ट समूहले सानेपामा स्टार अस्पताल अगाडि सडक अवरुद्ध गरी प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
बाटो खुलाउन प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजेपछि लाठीचार्ज गरेको थियो । लाठीचार्ज गरेपनि सडक अवरोध खुलेको छैन ।
नेविसंघको जारी महाधिवेशनमा प्रतिनिधि विवादले निर्वाचन हुन सकेको छैन् ।
झडपमा परी नेविसंघ कार्यकर्ता नविन विमली घाइते छन् ।
असन्तुष्ट विद्यार्थीहरु त्रिचन्द्र कलेजबाट प्रदर्शन सानेपा पुगेका थिए ।

No comments:

Post a Comment