जनकपुरधाम, साउन ३० - धनुषामा एक महिलाको
हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालका ६ का सुन्दरकला देवी साह
तेलीको जंगलमा घरेलु हतियारले घाँटी छिनाई हत्या भएको हो ।
प्रहरीका अनुसार गएको शुक्रबार
सुन्दरकलादेवी श्रीमान कुशे साह तेलीसँगै भैसेखेला बर्दिया जंगलमा दाउरा
लिन जानु भएको थियो । जंगलबाट एक्लै घर फर्केका कुशेलाई गाउँले र प्रहरीले
केरकार गरेपछि उनले श्रीमतीको हत्या भएको जानकारी दिएका हुन् ।
ईलाका प्रहरी कार्यालय ढल्केबरबाट गएको
प्रहरी टोलीले आधा घाँटी छिनाएर हत्या गरि फालिएको अवस्थामा
सुन्दरकलादेवीको शव फेला पारेको हो ।
घट्नामा श्रीमान कुशेकै संलग्नता हुन
सक्ने र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी
निरीक्षक सागर रानाले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि जनकपुर
अञ्चल अस्पतालमा ल्याइएको छ ।
No comments:
Post a Comment