Wednesday, August 3, 2016

बलात्कार घटनाका आरोपित गिरफ्तार

सिरहा । 

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला मल्हीनिया गाविस-८ घर भई लहान नपा-८ मा बस्ने १८ वर्षीय राजाराम साहलाई इलाका प्रहरी कार्यालय लहानले साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई साउन १६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय लहानमा साउन १८ गते उजुरी दिए लगत्तै अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १८ गते गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment