Wednesday, August 3, 2016

यौन र आकर्षणबारे दश रोचक तथ्य



यौन आकर्षणको कुनै एउटा आधार वैज्ञानिकहरुले पनि खोज्न सकेका छैनन् तर डाक्टर जस्टिन लेमिलरले केही रोचक कुरा बताएका छन् उनले साइकोलजी अफ ह्युमन सेक्सुअलिटि नामको चर्चित पुस्तकमा यसबारे उल्लेख गरेका छन् उनीको ब्लगबाट केही रोजक कुरा
स्वयमप्रति आकर्षण
हामी आफैजस्तो मानिसप्रति आकर्षित हुने गर्दछौ एउटा प्रयोगमा सहभागीहरुलाई केही तस्वीर देखाइयो सोधियो कि कुन सबैभन्दा आकर्षक ? एउटा तस्वीर उनीहरुकै पनि थियो जसमा केही परिवर्तन गरिएको थियो सबैभन्दा बढीले त्यही तस्वीर रोजे जसमा उनीहरुकै अनुहार मिश्रण गरिएको थियो
आमाबाबुसँग आकर्षण
जसले हामीलाई आफ्नो आमाबुवाको स्मरण गराउँछन्, हामी उनीहरुतिर बढी आकर्षित हुने गर्दछौ यसरी नै बढी उमेरका आमाबाबुका सन्तान बढी उमेरकै मानिसप्रति अधिक आकर्षित हुने गर्दछ
शारीरिक ब्यायमपछि
शारीरिक ब्यायमपछि तपाईको मुटुको धड्कन बढ्ने गर्दछ त्यही बेला तपाई कसैसँग भेट गर्नुएभयो भने उतिर आकर्षित हुने सम्भावना बढी रहन्छ किनभने तपाईको दिमागले ठान्ने कि धड्कन उसलाई देखेर बढेको हो
मदिराको असर
अध्ययनका अनुसार नशामा मानिसहरु बढी आकर्षित हुने गर्दछन् तपाई जति बढी मदिरा सेवन गर्नुहुनेछ, तपाई सामु भएको व्यक्तिले तपाईलाई त्यति नै बढी आकर्षित गर्नेछ
हलोको असर
अध्ययनका अनुसार पिक अप लाइनले बढी असर गर्दैन त्यसको साटो सिधासाधा हलो बोलेर आफ्नो अगाडिको व्यक्तिलाई तपाई बढी आकर्षित गर्न सक्नु हुनेछ
सबै इन्द्रियको कमाल
तपाई कोप्रति आकर्षित हुनुहुन्छ, यसको निर्णय तपाईको आँखाले गर्दैन, बरु सबै इन्द्रिय मिलेर यसको निर्णय गर्दछ जस्तो कि उसको गन्ध कस्तो , उसको आवाज कस्तो यो पनि कि उसको स्वाद कस्तो
पिरियडको भूमिका
महिलाहरु कसरी पुरुषप्रति अकर्षित हुनेछन् यो उनीहरुको महिनावारीका दिनमा निर्भर गर्दछ जस्तो कि जब उनीहरु फर्टिलिटीको सबैभन्दा सम्वेदनशील अवस्थामा हुन्छन् तब उनीहरुलाई ठुलो स्वर भएको, सुगठिन शरीरवाला पुरुष राम्रो लाग्दछ
रंगको असर
पुरुषहरुमा रंगको असर निकै हुने गर्दछ उनीहरुलाई रातो रंगको कपडा लगाएका महिलाहरुले बढी आकर्षित गर्ने गर्दछन्
मौसमको असर
यौन आकर्षण मौसम अनुसार पनि परिवर्तन भइरहन्छ जस्तो कि जाडोयाममा पुरुष महिलाप्रति गर्मीयामको तुलनामा बढी नै आकर्षित हुने गर्दछन्
मुश्किलले प्राप्न गर्न उत्तम
अध्ययनहरुका अनुसार जसलाई पाउन जति बढी कठिन हुन्छ, त्यसप्रति आकर्षण पनि त्यति नै बढी हुने गर्दछ एजेन्सी





No comments:

Post a Comment