काठमाडौ, २७ साउन
।
एमाले अध्यक्ष तथा निवर्तमान
प्रधानमन्त्री केपी ओलीले
मुलुक फेरि निरंकुशतातिर
धकेलिन सक्ने खतरा औँल्याएका
छन् । प्रेस चौतारीले
एमाले मुख्यालय धुम्बाराहीमा
बुधबार गरेको अन्तरसंवादमा
ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले
१९
माघ ०६१ मा चालेको
‘प्रतिगमनकारी’ कदमपछिको अवस्थामा
मुलुक पुग्नसक्ने बताएका हुन्
।
नेताहरूलाई जेल हाल्ने
उद्देश्यले मुद्दा लगाइने
खतरा रहेको उनको भनाइ
छ
।
१. माघ १९ पछिको जस्तै खतरा
१. माघ १९ पछिको जस्तै खतरा
माघ १९ पछि
शेरबहादुर देउवालाई पनि मुद्दा
लगाइएको थियो । मुद्दा–मामिला
राजनीतिक उद्देश्यका लागि प्रयोग–दुरुपयोग
गरिने विषय होइनन् र
त्यसरी दुरुपयोग हुनुहुँदैन ।
तर,
म
त्यस्तै विभिन्न लक्षणहरू देखिरहेको
छु
।
नेताहरूको तेजोबध गर्ने काम
हुनसक्छ । मुद्दा लाग्ने
काम केही गरेका छैनौँ,
तर
कसैको चाकडी गर्न पनि
त्यो काम हुनसक्छ भनेको
हुँ । शाही आयोगले
पनि त्यस्तो काम गरेकै
थियो । उचित दिशातिर
लैजानेभन्दा देशलाई द्वन्द्वतिर,
वैमनश्यतिर, अस्थिरतातिर,
असफलतातिर धकेल्न खोजिँदै छ
।
त्यसप्रति हामी नेपाली सजग
हुनुपर्छ । एमाले जिम्मेवार
प्रतिपक्षका रूपमा रहन्छ
।
संविधान कार्यान्वयन, समृद्धि र
नेपालको स्वाभिमान माथि उठाउने
काममा क्रियाशील हुन्छ ।
सरकारको सकारात्मक काममा साथ
हुन्छ । तर, यस्ता
काम हुने सम्भावना कम
देख्दै छु ।
२. संवैधानिक रिक्तताको षड्यन्त्र
मंसिरमा स्थानीय तहको
निर्वाचन नहुने निश्चित भइसक्यो
।
फेरि स्थानीय तह मिल्दै
मिल्दैन भन्न थालिएको छ
।
देशलाई संवैधानिक, राजनीतिक रिक्तताको
स्थितिमा पु¥याउने आभाष
पाइरहेका छौँ । त्यो
रिक्तताको नियति देशले भोग्नुपर्ने
हुँदा हामी सबै सजग
हुनुपर्छ । एमालेले त्यो
स्थितिमा मुलुकलाई पु¥याउन
दिँदैन । ०७४ माघ
७
गतेभित्र तीनैवटा चुनाव भएन
भने देश सर्वोच्च जनप्रतिनिधि
निकाय संसदविहीन अवस्थामा पुग्नेछ
।
न्यायाधीशलाई ल्याएर चुनाव
गराइएको स्थिति भोगिसकेका छौँ
।
फेरि देशलाई त्यतै लैजान
खोजेको देखिन थालेको छ
।
३. औचित्यविना संविधान संशोधन
हुँदैन
एमाले प्रतिशोध र
पूर्वाग्रह राखेर राजनीति
गर्दैन, कसैको लोभ र
त्रासमा पनि पर्दैन ।
देश र जनताको हितमा
बलिदान दिन तयार छ,
त्यसमा दायाँ–बायाँ गर्दैन
।
तर,
संविधान संशोधन भनेको के
हो
? कस्तो पुनर्लेखन खोजेको हो
? के चाहिएको हो ? बुझिसकेका
छैनौँ, बुझ्छौँ । कसैले
संशोधन हुनसक्छ भनेर कुनै
वेला भन्यो भन्दैमा हुँदैन,
त्यसको औचित्य चाहिन्छ ।
४. एक
माघले जाडो
जाने होइन
राजदूतको सुनुवाइ फिर्ता
गर्ने अनुचित, अवैधानिक, अराजनीतिक
हर्कत भयो । बरु,
सरकारले नियुक्तिपछि फिर्ता बोलाउन
सक्थ्यो, आरोप लगाएर बोलाउन
सक्थ्यो । कानुनमा सुनुवाइ
हुँदाहुँदै फिर्ता गर्न
सकिने कुरा लेखिएकै छैन
।
सरकारले पत्र लेखेकै होइन,
तर
त्यसै पत्र लेखिएको हो
भनियो । संसदीय सुनुवाइ
समितिले पनि अपवित्र साँठगाँठमा
निर्णय ग¥यो ।
तर,
केही छैन । एक
माघले जाडो जाँदैन, मैले
पहिल्यै पनि भनिसकेको छु
।
५. सरकार
परिवर्तन नेपालविरुद्धको षड्यन्त्र
सरकार परिवर्तन नेपालविरुद्ध
षड्यन्त्र हो । भीष्मपितामहलाई
शय्यामा सुताएपछि लडाउन सजिलो
भएको थियो । त्यही
सोचेरै होला षड्यन्त्र भएको
।
तर,
अहिले भीष्मपितामह यति मजबुद
छ
कि
शय्यामा सुत्न मान्दै मान्दैन
।
जबसम्म केपी अध्यक्ष रहन्छ,
उसलाई नढाली, तेजोबध नगरी
एमालेलाई कमजोर पार्न सकिन्न
।
अनेक प्रकारका गम्भीर षड्यन्त्र
विभिन्न ठाउँमा भएका छन्
।
तर,
हामी कसैले लगाइदिएको लिस्नो
चढेर यहाँ आइपुगेका होइनौँ
।
संघर्षको मैदानबाट आएका हौँ
।
६. धेरैतिर
औँठाछाप ठोकेको
म्यादी सरकार
मेरो नेतृत्वको सरकारलाई
म्यादी सरकार बनाउन खोजियो
।
अहिलेको त लिखित रूपमै
कागज गरिसकेको म्यादी सरकार
हो
।
यति मितिमा ल्याएर बुझाउँला
भनेर दायाँ–बायाँ औँठाछाप
गरेको सरकार हो ।
यसले धेरैवटा कागजमा धेरै
ठाउँमा औँठाछाप ठोकेको छ
।
रिमोट कहाँबाट चल्छ भन्नेसमेत
थाहा भएको, टिभीको च्यानल
फेरिए जसरी चल्छ ।
७. काँध
चढेपछि प्रचण्डले थाहा पाए
प्रधानमन्त्री निर्वाचित हुने
दिन प्रचण्डले आफूले ठूलो
समाजसेवा गरेकोजस्तो कुरा गर्नुभो,
‘मैले माधवजी, झलनाथजी, केपीजीलाई
प्रधानमन्त्री बनाइदिएँ ।’
मानिलिऊँ उहाँको ८१ सिट
भनेको यस्तोे कि चार
सयभन्दा पनि अलि बढी
हो
जस्तो ! उहाँलाई कसैले बनाएकै
छैन, आफैँ बन्नुभा’छ,
उहाँको बन्नुचाहिँ हक हो,
अरू बन्दाचाहिँ सहकार्य गर्दा
पनि नमिले जस्तो ! ०६४
पछि कसले बनाएको थियो
? प्रधानमन्त्री के हो
भन्ने थाहा पाएको त
काँधमा चढाएर एमालेले नै
कुर्चीमा लगेर राखिदिएपछि होला
नि
! त्यो बिर्सिएर मैले त
समाजसेवा नै गरेको थिएँ
जस्तो सोच्ने ? पोहोर–परार
एमालेले, यसपटक कांग्रेसले बनाएको
होइन ?
८. मधेसी
पार्टीलाई कि
घाइतेको अप्रेसन
गर्नुपर्ने ?
मधेस आन्दोलनका ४५
मृतक परिवारलाई १० लाखका
दरले रकम दिने निर्णयपछि
रकम भुक्तानी पनि भइसकेको
हो
।
तर,
अहिले मृतक परिवारलाई १०
लाख भनेर तमासाको निर्णय
किन ? योभन्दा झुट र
बेइमानी अरू के हुन्छ
? विदेशमा समेत पठाएर घाइतेको
उपचार गराइएको छ ।
बिलअनुसार उपचार खर्च भुक्तानी
दिइएकै हो । तर,
उहाँहरूको माग घाइतेको पैसा
पार्टीलाई दिनुपर्छ भन्ने थियो
।
पार्टी त घाइते होइन,
व्यक्ति भएको होला ।
पार्टीको अप्रेसन गर्नुपर्ने, मलमपट्टी
लगाउनुपर्ने, ब्यान्डेज बान्नुपर्ने
त
होइन होला । त्यसैले
सरकारले व्यक्तिलाई दियो ।
९. केपी
ओलीले कुचो
र नाङ्लो
लग्यो ?
प्रचार त अचम्मै
लाग्दो छ । टिएन
प्रधान र रमेश प्रधानको
शृंखला नै आएको थियो
पहिले । पत्रकारिता र
बौद्धिकता नामको कलंक र
लज्जास्पद त्योभन्दा अरू केही
हुन्छ ? कुलदीप नयरको फोटो
छापेर, मै हुँ टिएन
प्रधान भनेर नेपाली जनतालाई
कतिसम्म झुटको खेती गरियो
? अहिले हुँदाहुँदै यसपल्ट बालुवाटार
निवासको फोटो भनेर कहाँको
भान्साको फोटो छापियो ? फोटै
हाल्नका लागि इमान त
चाहिन्छ नि ? केही नपाएपछि
केपी ओलीले कुचो लिएर,
नाङ्लो लिएर गएछ रे
।
यति तल्लोस्तरमा ओर्लिनु त
हदै हो । खाता,
रेकर्ड हेरेर जिम्मा लगाएर
छोडेको थिएँ । ठाउँ
कतै नभेटिएपछि बदनाम सुरु
गरियो ।
१०. माधव
नेपालको जिब्रो
किन समात्नु
?
माधव नेपालले संसद्मा
गरेको सम्बोधनबारे सोधिएको प्रश्नमा
ओलीले भने, ‘तपाईंहरूले ‘टङ
स्लिप’ भएको हो भन्ने
कुरा सुनिसक्नुभो । बोल्नेले
नै
‘स्लिप’ भो भनेपछि फेरि
किन टङ समाउने ? सानोतिनो
कुरामा अल्झिने मेरो बानी
छैन ।’ अविश्वास प्रस्तावको
छलफलका क्रममा एमाले नेता
नेपालले पार्टीभित्र ओलीले गुट
चलाएको आरोप लगाएका थिए
।
No comments:
Post a Comment