काठमाडौ, २७ साउन
। नेपाल विद्यार्थी संघको
महाधिवेसनको निर्वाचन प्रक्रिया आजदेखि
सुरु हुने भएको
छ ।
भागबण्डाका आधारमा विवाद मिलेपछि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । महाधिवेसन सकिने समय भन्दा दुई दिन ढिला बन्दसत्रसहितको निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको हो ।
आज बन्दसत्रमा नेविसंघले उठाएको आन्दोलन, भावी शैक्षिक आन्दोलनको बाटोसहितको प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिनिधि छनौटको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया पनि सँगै आजदेखि अघि बढ्ने छ ।
भोलि उम्मेदवारी दर्ता र पर्सी शनिबार मतदानको कार्यतालिका तोकिएको छ । नेविसंघका प्रवक्ता यूपी लामीछानेले आजै मतदाता नामावली प्रकाशन हुने जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया बन्दसत्र सँगै अगाडी बढ्ने पनि लामिछानेले बताउनुभयो ।
बन्दसत्र बिहान ११ बजे सुरु गर्ने तयारी भएपनि हलको अभावमा अन्यौल छ । भृकुटीभण्डामा सम्झौता सकिएपछि बाँकी काम आजदेखि कांग्रेसको पार्टी कार्यालय सानेपामा हुनेछ । मंगलबार राति बसेको असन्तुष्ट पक्ष र निर्देशक समितिको छलफलले विवाद रहेका ११ जिल्लामा प्रतिनिधि भागवण्डा गरेर अघि बढ्ने सहमति भएपनि निर्वाचन प्रक्रिया अघि बढेको हो ।
यसअघि ३ सय ४ सय प्रतिनिधि रहने भनिएकोमा त्यो संख्या बढाउने सहमति भएको छ । प्रतिनिधि विवादको टुंगो नलाग्दा साउन २३ गते उद्घाटन भएको नेविसंघको महाधिवेशन अनिश्चित बनेको थियो ।

No comments:
Post a Comment