जनकपुरलाई धार्मिक तथा सांस्कृतिक शहरको
रुपमा विकास गर्न
५० करोड विनियोजन गरिएको
छ। सहरी विकास
तथा भवन निर्माण विकास
आयोजनामार्फत सघन सहरी विकास
कार्यक्रम अन्तर्गत जनकपुर उपमहानरपालिकामा भौतिक
विकासका लागि ५० करोड
खर्चिने तयारी गरिएको हो।
मंगलबार जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित
कार्यक्रममा तराईको दाङ र
चितवन बाहेक १८
वटा जिल्लामा ‘एक
सहर एक पहिचान’
कार्यक्रम लागु गरिने जानकारी गराईएको हो।
जसअन्तर्गत प्रत्येक जिल्लाको सदरमुकामलाई नमुना सहर बनाउन
५० करोडको दरले
बजेट विनियोजन गरिएको
आयोजना निर्देशक चक्रवती कण्ठले
जानकारी दिए। आयोजनाले पोखरी
संरक्षण तथा पूर्वाधार निर्माणका लागि
६ करोड ६९
लाख ९९ हजार
र एक सहर
एक पहिचान तर्फ
२ करोड ३७
लाख ५० हजारको
थप काम गरिने
कण्ठले बताए। कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत
पूर्ण प्रसाद लुईटेलले पहिला
नगरको विकासका लागि
सडकको आवश्यकता रहेको
कारण अन्य शीर्षकमा भन्दा
प्रत्येक वडाको सडक संचरना
सुधार र स्तरोउन्नतीको लागि
काम गर्नु जरुरी
रहेको बताए। नगरक्षेत्रमा हाल
एशियाली डेभलपमेन्ट बैंकको ऋण सहयोगमा एकीकृत
सहरी विकास परियोजना अन्तर्गत ९
किलोमिटर नाला र ३२
किलोमिटर सडक स्तरोउन्नती कार्य
सुरु भईसकेको छ।
जनकपुरलाई धार्मिक तथा
सांस्कृतिक शहरको रुपमा विकास गर्न ५० करोड विनियोजन गरिएको छ। सहरी विकास
तथा भवन निर्माण विकास आयोजनामार्फत सघन सहरी विकास कार्यक्रम अन्तर्गत
जनकपुर उपमहानरपालिकामा भौतिक विकासका लागि ५० करोड खर्चिने तयारी गरिएको
हो।
मंगलबार जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा तराईको दाङ र
चितवन बाहेक १८ वटा जिल्लामा ‘एक सहर एक पहिचान’ कार्यक्रम लागु गरिने
जानकारी गराईएको हो। जसअन्तर्गत प्रत्येक जिल्लाको सदरमुकामलाई नमुना सहर
बनाउन ५० करोडको दरले बजेट विनियोजन गरिएको आयोजना निर्देशक चक्रवती कण्ठले
जानकारी दिए।
आयोजनाले पोखरी संरक्षण तथा पूर्वाधार निर्माणका लागि ६ करोड ६९ लाख ९९
हजार र एक सहर एक पहिचान तर्फ २ करोड ३७ लाख ५० हजारको थप काम गरिने कण्ठले
बताए।
कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत पूर्ण प्रसाद लुईटेलले
पहिला नगरको विकासका लागि सडकको आवश्यकता रहेको कारण अन्य शीर्षकमा भन्दा
प्रत्येक वडाको सडक संचरना सुधार र स्तरोउन्नतीको लागि काम गर्नु जरुरी
रहेको बताए।
नगरक्षेत्रमा हाल एशियाली डेभलपमेन्ट बैंकको ऋण सहयोगमा एकीकृत सहरी विकास
परियोजना अन्तर्गत ९ किलोमिटर नाला र ३२ किलोमिटर सडक स्तरोउन्नती कार्य
सुरु भईसकेको छ।
Read more at: http://thahakhabar.com/news/1772
Read more at: http://thahakhabar.com/news/1772
No comments:
Post a Comment