Tuesday, August 9, 2016
विग्ही नदिमा पानी होइन विष बग्छ ,सरोकारवाला निकाय मौन
जनकपुरधाम । धनुषा र महोत्तरीको सिमाना भएर बग्ने गरिएको विग्ही दिनमा पानी नभएर विष मात्रै बग्ने गरेको छ। सखुवा महेन्द्र नगर स्थित एभरेष्ट पेपर मिल्सले नदिमा फाल्ने गरेको विषाद पानीको कारणले नदिको अवस्था दैनिय मात्रै नभएर पानी नै कालो हुने गरिएको छ। स्थानिय कृषकहरुका अनुसार नदि छेउमा गाई भैसी चराउन जादा र नदिको पानी खाने गरेपछि आफुहरुको पशु नै बिरामी पर्ने गरेका छन ।
महोत्तरीमा रहेको विग्ही नदीको एउटा धाराको पानी बिषतुल्य भएको छ । सेताम्य देखिनुपर्ने पानीको रंग नै कालो भएको कारण जिल्लाको २० वटा गाविसको जनजीवन प्रभवित भएको छ । धनुषा जिल्लामा रहेको एभरेष्ट पेपर मिल्स प्रा.लिले प्रयोगहीन बिषाक्त केमिकलस नदीमै पठाउँदा पानी बिषतुल्य भएको छ । पेपर मिल्सले २०४२ सालदेखि निरन्तर रुपमा नदीमा प्रयोगहिन बिषाक्त केमिकल्स बिसर्जन गर्ने गरेकोमा सर्वोच्च अदालतले त्यस्तो नगर्न २०६१ साल श्रावण १२ गते नै आदेश दिइसकेको छ । काठमाण्डौस्थित जनहित संरक्षण मञ्च सहितकाले २०५८ सालमा दिएको रिटमा न्यायाधीश चन्द्रप्रसाद पराजुली तथा बलराम के.सी.को संयुक्त इजलासले परमादेश समेतको निर्देशनात्मक आदेश पेपर मिल्सलाई दिएको थियो । तर अझैसम्म कार्यान्वयन भएको छैन् ।
बिषाक्ततुल्य प्रयोगहीन केमिकल्स बिसर्जनले गर्दा बिग्ही नदी जीवविहीन भइसकेको छ । नदीमा माछामात्र नभई कुनैपनि जीव बाँच्ने किसिमको अक्सिजन भेटिन गाह्रो भएको बिज्ञहरु बताउँछन् । नदीको कालो पानीको प्रयोगका कारण महोत्तरीको पूववर्ती २० वटा गाविसका बासिन्दा र जीवजन्तु प्रभवित हुने गरेका छन् । पानीको प्रयोगकै कारण गाईबस्तुको मृत्यु यस क्षेत्रमा समान्य भइसकेको छ । विज्ञहरुका अनुसार कालोपानीमा नुहाउँदा क्यान्सर रोग लाग्ने सक्ने सम्भावना अत्याधिक हुने गर्दछ । सर्वोच्च अदालतले दिएको निर्देशन अटेर गरेर बसेको एभेरेष्ट पेपर मिल्स प्रालिले अन्तरिम संविधानमा नागरिकलाई प्रदान गरिएको स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हक नै हनन प्रति राज्य ध्यान जानु उतिकै आवश्यक छ ।
आदेशको पालना गराउने निकायको लाचारी र एभरेष्ट पेपर मिल्सको चरम दुरुपयोग गरेकै कारणले पनि अहिलेसम्म धनुषा र महोत्तरीमा रहेको औरही, कुटमेश्वरी र विग्ही नदीको पानी बिषाक्त भएको कारण यस क्षेत्रका स्थानीयवासीको जनजीवन बर्षौदेखि कष्टकर बन्दै गएको छ । उद्योगको यस किसिमको रवैयाले गर्दा धनुषाका केही गाउँ र महोत्तरी जिल्लाका १४ भन्दा बढी गाविसका खेतीपाती योग्य जमिन मरुभूमीमा परिणत भएको छ । र, सर्वसाधारणहरुको जीवनयापन गर्ने अधिकार समेत कुण्ठित हुदैँ गएको छ ।
सरोकारवालाहरुबीच र उद्योगीसँग विभिन्न पटक वार्ता र छलफलहरु भएको छ । विषादीयुक्त रसायनिक नदीमा नबगाउन र सो फोहरमैला नियन्त्रणका लागि छलफल हुदाँ समेत उद्योगले कुनै किसिमको वास्ता नगरेकाले पनि समस्या झन् जटिल हुदैँ गएको छ ।
धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सको लापरवाहीको कारणले किसानहरु खेती गर्नबाट समेत वञ्चित भएका छन् । एभरेष्ट मिल्सबाट निष्काशन हुने प्रयोगहीन विषाक्त केमिकल औरही नदीमा मिसिने भएकाले धनुषा र महोत्तरीसहितका दर्जनौँ गाविसहरु प्रभावित भएका छन् ।
किसानको खेतीपातीका साथै विभिन्न किसिमका जीवजन्तुहरु समेत प्रभावित भएका छन् । विषादी मिसिएकाले पानीको रंङ्ग पनि परिवर्तन भएको स्थानीयवासीहरुको भनाई छ । सो नदीको पानी खेतीपातीमा प्रयोग गर्नाले सो क्षेत्रका किसानहरुको उर्बराभुमी पनि मरुभूमीमा परिणत हुँदै गएको र उत्पादनमा ह्रास आएको स्थानीय कृषक रामसेवक महतोले बताए ।
उद्योगको लापरवाहीका कारण धनुषा जिल्लाको शान्तिपुर, महेन्द्रनगर र बटेश्वर गाविस तथा महोत्तरी जिल्लाको १४ गाविसका करिब दुई लाख बासिन्दामा शरीरमा छाला रोग, खाद्यान्न उत्पादनमा समस्या र पशुपंक्षीलाई गौचरणमा समस्या सहितका विभिन्न किसिमका समस्याहरु देखिएको छ । उक्त रसायनयुक्त प्रदुषित पानी पिउनाले गाई, गोरु र भैसी सहितका पशुपंक्षीहरु समेत मृत्यु हुने गरेको छ ।
धनुषा जिल्लाको चुरे शृङख्ला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ । यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएको छ ।
मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छाला सम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको छ ।कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँडडुुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको भए पनि नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लोहरट्टीका प्रमुख विनोद यादवका बताउछन ।
नदी प्रदूषित हुँदा महोत्तरीका १४ गाविसका बासिन्दा विषाक्त पानीले छालाको रोग हुने लगागतको समस्या देखिने गरेको र उक्त रसायन युक्त प्रदुषित पानी खाएर गाई वस्तुहरू समेत मर्ने गरेको राईनले बताए ।
विषाक्त पानी नदीमा मिसिएर महोत्तरीको पर्सा,लोचना,पिपरा , हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म महोत्तरीका लगभग एक लाख ५० हजार जनसख्या विषाक्त पानीको सम्पर्कमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएको छ ।
पेपर मिल्सले २०४२ सालदेखि निरन्तर रुपमा नदीमा प्रयोगहिन बिषाक्त केमिकल्स नदीमै बिसर्जन गर्दै आईरहेको छ ।
मिललाई बिषाक्त नदीमा नमिसाउन रोक्न र नदीलाई पहिलेकै अवस्थामा फरकाउनको लागी पहल गरीदिन त्यस क्षेत्रका बासिन्दाले सरकार संग आग्रह समेत गरेका छन् भने अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको हरिहरपुर हरिनमरी गाविसका निवर्तमान अध्यक्ष रमेश यादवको गुनासो छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment