Thursday, August 4, 2016

प्रचण्ड सरकार असफल भए माओवादी पत्तासाफः बादल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुने बताएका छन् ।नेता थापाले फाल्गुनन्द फिल्मस् प्रालिले विहीवार काठमाडौमा गरेको कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रका लागि ठूलो परीक्षा भएको दावी गरे ।उनले असन्तुष्ट दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न तथा विगतका गल्तिबाट पाठ सिकेर विकास निर्माणका काम अगाडि बढाउन नसके पार्टी पत्तासाफ हुने धारणा राखे ।नेता थापाले नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धन र मधेशी मोर्चासँग गरेको सहमतिले पिछडिएका जातजातिमा आशा जागेको भन्दै अव त्यो आशालाई निराशामा परिणत हुन नदिन सरकारले जातीय पहिचान सुनिश्चित हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

No comments:

Post a Comment