Thursday, August 4, 2016

मकालुको एयरको जहाज खोलामा फोर्स ल्याण्डिङ, सबै सकुशल

कोहलपुर– हुम्लाको सिमीकोटबाट सुर्खेत फर्कने क्रममा मकालु एयरको सिंगल ईन्जिनको जहाज दुर्घटनामा परेको छ। दिउँसो ३ः५५ मा हुम्ला सिमीकोट विमानस्थलबाट सुर्खेत एयरर्पोट आउने क्रममा ४ः०५ मा हुम्लाको हेलम्बु खोलामा फाेर्स ल्याण्डिङ गर्दा दुर्घटनामा परेकाे हाे। खोलामा खसेको जहाज बगाइरहेको नेपालगन्जको राँझा विमानस्थले जानकारी दिएको छ। 
विमानमा पाइलट सांगे लामा र को पाइलट प्रशान्त शाह रहेका थिए। खोलामा जहाज खसेकोले उनीहरुको उद्दार गरिएको र सकुशल रहेको नेपालगन्ज विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सन्तोष अधिकारीले बताए। मकालु एयरको किलो चार्ली कलसाइनको सिंगल ईन्जिन जहाज खसेको हो। जहाजमा दुई पाइलटबाहेक अन्य यात्रु नरहेको अधिकारीले बताए। जहाज खाली रहेकोले जहाज खोलामा डुब्न पाएको छैन। दिउँसो सुर्खेतबाट कार्गो सामान लिएर हुम्ला पुगेको उक्त जहाज खाली फर्कने क्रममा ईन्जिनमा समस्या आएको थियो।
जहाजलाई आकस्मिक अवतरण गराउने क्रममा हेलम्बु खोलामा खसेको हो। पाईलटको उद्दार गर्न सिम्रिक एयरको हेलिकप्टर लगत्तै पुगेकोले मानवीय क्षती नभएको विमानस्थल स्रोतले बताएको छ।

No comments:

Post a Comment