Thursday, August 4, 2016

गृह नपाएपछि अर्जुननरसिंह केसी सपथ लिन गएनन्

 काठमाडौं । गृहमन्त्री नपाएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सपथ लिन गएनन् ।प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको पनि नाम थियो । उनको मन्त्रालय भने तोकिएको थिएन ।पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । तर, केसीले गृह नपाएसम्म सरकारमा नजाने जवाफ दिएको उनका सहयोगी सरोज केसीले जानकारी दिए ।देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् ।केसीले सुरुमा सरकारमा पार्टीको नेतृत्व दाबी गरेका थिए । तर, बिहीबार विहान भएको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भएको थियो ।

No comments:

Post a Comment